तनहुँ । भदौ २५
बन्दीपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी योजनाहरूका विषयमा एक दिवसीय गोष्ठी कार्यक्रम विहिबार सम्पन्न भएको छ ।




गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा आयोजित उक्त गोष्ठीमा उपाध्यक्ष पञ्चमाया गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कमल केसीलगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन गरिने विभिन्न योजना तथा कार्यक्रमहरूको प्राथमिकीकरण र प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको छ । गोष्ठीमा सहभागीहरूले विकास योजनाहरूलाई नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्दै आवश्यकतामुखी, पारदर्शी, परिणाममुखी र जनअपेक्षाअनुरूप कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाको समग्र विकास, स्रोत र साधनको उचित व्यवस्थापन तथा समयमै योजना सम्झौता गरी गुणस्तरीय काम सम्पन्न गर्ने विषयमा महत्वपूर्ण सुझाव तथा विचारहरू आदानप्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।














