देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दर्ताका लागि ७ दिने सूचना

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २७

जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं. १ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई जग्गा दर्ताका लागि निवेदन दिन आग्रह गर्दै ७ दिने सूचना जारी गरेको छ ।

समितिको गत भदौ २५ गतेको निर्णयअनुसार सूचीकृत लाभग्राहीहरूलाई आवश्यक कागजातसहित जिल्ला समितिको कार्यालयमा उपस्थित हुन सूचित गरिएको हो । सूचना जारी भएको मितिले ७ दिनभित्र परिवारमूली र निजको पति वा पत्नी स्वयं उपस्थित भई जग्गा दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

जग्गा दर्ताका लागि डाकिएका लाभग्राहीहरूमा मिनु माया गुरुङ, सुशिला गुरुङ, छविलाल गुरुङ, बुद्ध बहादुर परियार, सोम बहादुर दमै, सुनिता दर्जि, सुरज दमाई, एक बहादुर दर्जि, विष्णु बहादुर माझी र होममाया परियार रहेका छन् ।

उनीहरुले पेश गर्नुपर्ने कागजातहरूमा परिवारमूली र निजको पति/पत्नीको सक्कल नागरिकता, निवेदन दर्ता तथा नक्साको निस्सा, परिवारमूली र निजको पति/पत्नीको २/२ प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो रहेको जिल्ला भूमि समस्या समाधान समिति तनहुँले जनाएको छ ।

जग्गा प्राप्ती सम्बन्धी विद्यमान कार्यविधि अनुसार भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई हाल उनीहरूले उपभोग गर्दै आएको जग्गामध्येबाट पाहाडमा बढीमा ५ रोपनी १४ आनासम्म जग्गा निःशुल्क उपलब्ध गराउने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित