गगनका सहयात्री दिपक केन्द्रीय सदस्यको उम्मेदवार

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २०

नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा युवा नेता दीपक भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् । तनहुँबाट महाधिवेशन प्रतिनिधि रहेका भट्टराईले खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

भट्टराई नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन् । उनी पार्टी सभापती गगन थापाको सहकर्मी हुन् । ‘म सभापति गगन थापाजीसँगै त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएको हुँ,’ उनले भने, ‘गगनजी नै रहेको समितिमा म सहसचिव लडेको थिएँ, विद्यार्थी आन्दोलनको नेतृत्वसमेत गरेको हुँ, अहिले पार्टी राजनीतिमा सक्रिय छु ।’

भट्टराई नेविसंघका कार्यकर्ता उत्पादनको कारखाना मानिने त्रिचन्द्र क्याम्पसको स्ववियु सभापती र नेविसंघको महामन्त्रीसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले