तनहुँको ६ स्थानमा यात्रु सहायता कक्षको स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २०

तनहुँको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । सदरमुकाम दमौली, मुख्य व्यापारिक केन्द्रहरु डुम्रे, आँबुखैरेनी, बेलचौतारा, भिमाद र बाईसजँगारमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर यात्रुहरुको सुरक्षा, भाडा दर व्यवस्थापन तथा यात्रुहरुलाई पर्न सक्ने समस्या समाधान गर्न सहायता कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

यसैक्रममा तनहुँको व्यास–१ करङकाठ बसपार्कमा मंगलबार स्थापना गरिएको चाडपर्व लक्षित यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले उद्घाटन गरे । उक्त कक्ष जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा संयुक्त रूपमा स्थापना गरिएको हो ।

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, शसस्त्र प्रहरी मनकामना गणका गणपति श्रीराम कुँवर, राष्ट्रिय अनुसन्धानका प्रमुख मनोज ढकाल, जिप्रकाका सुचना अधिकारी डिएसपी द्वारीका प्रसाद घिमिरे, ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रदिप थापा, यातायात ब्यवसायी लगाएत स्थानीयको सहभागिता रहेको थियो ।

कुनै यात्रु तथा सर्वसाधरणलाई प्रहरीको सहयोग आवश्यक परेमा १०० नम्बर वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले