देवघाट क्षेत्र विकास समितिलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

चितवनः लायन्स क्लब अफ नारायणगढ बालकुमारीले देवघाट क्षेत्र विकास समितिलाई आर्थिक सहयोग गरेको छ । नारायणगढमा आयोजना गरिएको संयुक्त पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रमको अवसर पारेर क्षेत्र विकास समितिको भौतिक पूर्वाधार निर्माणका लागि रकम प्रदान गरिएको हो । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले तीन लाख १५ हजार पाँच सय ५५ रुपैयाँको चेक देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाललाई प्रदान गरेको हो । चेक प्रदान गर्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका डिष्ट्रिक्ट गभर्नर अनुप पहारीले लायन्सले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । आफु भन्दा कम अवसर प्राप्त गरेका व्यक्तिका लागि लायन्स क्लब भएको उल्लेख गर्दै सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेको बताउनुभयो । देवघाट क्षेत्र विकास समितिमा ज्येष्ठ नागरिकहरु आश्रय लिएर बसिरहेको अवस्थामा उनीहरुका लागि खर्च गरिनु पूण्यको काम भएको पहारीको भनाइ थियो ।
कार्यक्रममा लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ संगमचोक, लायन्स क्लब अफ नारायणगढ वागीश्वरी, लायन्स क्लब अफ नारायणगढ रिभरसाइड, लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनी, लायन्स क्लब अफ वागीश्वरी नारायणीको पुरानो कार्यसमितिले नयँँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए । सात वटै संस्थाका सन् २०१८÷१९ का अध्यक्षसहितको कार्यसमितिले सन् २०१९÷२० का अध्यक्षसहितको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका लायन्स क्लब अफ नारायणगढ बालकुमारीका निवर्तमान अध्यक्ष बालगोपाल चुकेले बताउनुभयो । लायन्स क्लबका पदाधिकारीहरुको कार्यकाल एक वर्षको मात्रै हुने भएकाले हरेक वर्षको जुलाई महिनामा नयाँ कार्यसमिति चयन हुने चुकेले बताउनुभयो । लायन्स क्लब अफ नारायणगढ रिभरसाइडकी अध्यक्ष अम्बिका खनालको अध्यक्षतामा भएको संयुक्त पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका निवर्तमान अध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ संगमचोकका पूर्व अध्यक्ष राजेन्द्र गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको