ग्रह र ताराको नाम नेपालीमा !!

Devghat Online

शेयर गरौ

‘एचडी १००७७७’ र ‘एचएटी–पी–५बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् ।अब यस्तै ग्रह र ताराको नेपाली राख्न पाइने भएको छ । अन्तरिक्षमा रहेको एउटा ग्रह ‘एचडी १००७७७बी’ र तारा ‘एचडी १००७७७’ को नेपाली नाम प्रस्ताव गर्न आहवान गरिएको छ ।प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ ।

सोसाइटीका अनुसार नेपाली नाम राख्ने तारा करिब १७२ प्रकाश वर्ष टाढा छ । यो तारा हाम्रो सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो ।यो ताराको एउटा मात्र ग्रह सन २००७ मा पत्ता लागेको छ । नेपालीले नाम प्रस्तावित गर्ने ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ ।

यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन ।यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ ।कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४