कंगनाले नायिका तपसी पन्नुलाई ‘सस्ती कपी’ भनेर आलोचना गरेपछि !!

Devghat Online

शेयर गरौ

बलिउडमा नायिका कंगना रनावतको अन्य नायक–नायिकासँग वार परिरहन्छ । कंगना र उनकी बहिनी रंगोलीले गर्ने टिप्पणीले पनि अन्य कलाकार उनीहरुसँग आक्रोशित हुने गर्छन् । कंगनाले नायिका तपसी पन्नुलाई ‘सस्ती कपी’ भनेर आलोचना गरेपछि उनीहरुविच वार चलेको छ ।

हालैमात्र, चलचित्र ‘मिसन मंगल’को प्रचारमा दौडिएकी तपसीले कंगनाले महिलाहरुकै मुख्य भूमिका रहेको चलचित्रलाई साथ नदिएको भन्दै उनको आलोचना गरेकी छिन् ।

यो चलचित्रको मुख्य भूमिकामा ५ नायिकाहरुले काम गरेका छन् । तपसीले भनिन्–‘कंगनाले सधै नै महिलाले महिलालाई साथ दिनुपर्छ भन्ने गरेको सुन्छु । तर, मेरो चलचित्रको बिषयमा उनले एक शब्द पनि बोलेको सुनेकी छैनँ । ‘मिसन मंगल’मा ५ जना महिला छन्, के उनले हामीलाई शुभकामना दिइन् ?’

तपसीले अगाडि भनिन्–‘म उनी भन्दा जुनियर छु । तर, मैले मेरो करिअरको छोटो समयमा नै निकै नै राम्रा चलचित्रमा काम गरिसकेकी छु । यो कुरालाई उनले साथ दिनुपर्छ ।’ कंगनाकी बहिनी रंगोलीले ‘सस्ती कपी’ भनेको बिषयमा तपसीले भनिन्–‘म यो कुराले निकै नै निराश छु । म उनको कपी गर्दा खुशी छु, किनकी उनी उत्कृष्ट कलाकार हुन् ।’

तपसीले एउटा राम्रो कलाकार भएको नाताले कंगनालाई सधै नै मन पराउने बताउँदै यो सिलसिला नरोकिने पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो