जेठ १८, दमौली,
तनहूँमा पहिलोपटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी गत जेठ १० गते भारतबाट आएर गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।
उनको पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको स्वाव परीक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारीले बताए । तिन दिन अघि स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा आइतबार बिहान आएको रिपोर्टमा पोजेटिभ देखिएको अधिकारीले बताए ।
संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उनलाई सुरक्षित रुपमा आइशोलेसनमा राख्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।
तनहूँमा अहिलेसम्म तिन सय २१ जनाको पिसिआर परिक्षण गरिएकोमा पहिलो पटक एक जनाको रिर्पाेट नेगेटिभ आएको हो । हालसम्म तनहूँका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा चार सय ६९ जना रहेका छन् ।

शुक्लागण्डकीमा हलगोरु पाल्ने किसानलाई अनुदान
तनहुँ । असार ६ शुक्लागण्डकी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिन थालेको छ । २०८२











