देवघाटमा सन्चालित विभिन्न योजनाहरुको अनुगमन

Devghat Online

शेयर गरौ

६ असार, देवघाट

तश्विरहरु सहित
प्रदेश सरकारबाट देवघाट गाउँपालिकामा सन्चालन भएका विभिन्न योजनाहरुको शुक्रबार अनुगमन गरिएको छ । अनुगमन पछि सांसदहरुले योजनलाई प्रभावकारी बनाउन जोड दिएका छन् । गन्डकी प्रदेश सरकारको प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको निर्वाचन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकामा सन्चालित विभिन्न योजनाहरुको शुक्रबार अनुगमन गरिएको हो ।


प्रदेश सभाकी सांसद सरीता गुरुङको नेतृत्वको अनुगमन टोलीले देवघाटमा निर्मित सडक र खानेपानी योजनाको अनुगमन गरेको थियो । सो अनुृगमन टोलीमा प्रदेश सांसद डोवाटे विक, जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानका प्रतिनिधि रामहरी बजगाई लगायतको सहभागिता थियो ।


अनुगमन पछि बोल्दै सांसदद्वय गुरुङ र विकले योजनाहरु प्रभावकारीरुपमा सन्चालन गर्नु पर्ने बताए । सरकारले लगानी गर्ने रकम मार्फत स्थानीय जनताले उपभोग गर्ने योजनाहरु सन्चालन गरिने हुँदा ती योजनाहरुमा स्थानीय उपभोक्ताहरुको चासो हुनु पर्ने सांसदद्वयको भनाई थियो ।


देवघाट–५ को महेश चोक देखी गलेश्वर चोक सम्म जाने ९८ मिटर बाटो ढलान गरि निर्माण गर्न प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेका थिए । तर उपभोक्ता समिति मार्फत उक्त रकमले १०४ मिटर बाटो बनाईएको उपभोक्ता समितिका सचिव शान श्रेष्ठले बताए ।


त्यस्तै गरि मन्त्री चुमानले देवघाट ५ मा झारखानी खानेपानी योजनाको ट्यांकी निर्माणकोलागि ३ लाख रुपैयाँ विनियोजन गरेका थिए । सो रकमले ट्यांकी निर्माण गरि ४० घरधृुरीलाई खानेपानी वितरण गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय