सांसद श्रेष्ठद्वारा हात धुने स्ट्यान्ड प्रदान

Devghat Online

शेयर गरौ

१० असार, दमौली
जिल्लामा कोरोना संक्रमणको संख्या बढ्न थालेको र आइशोलेसनको संख्था पनि बढ्न थालेपछि प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले खुट्टाले छोएर सावुन पानी झर्ने स्वचालित प्रविधिको हात धुने स्ट्यान्ड उपलब्ध गराउने भएका छन् ।
कोरोना भाइरसबाट बच्न र नियमित सरसफाईकोलागि सांसद श्रेष्ठले व्यक्तिगत खर्चमा तनहँु क्षेत्र नम्बर १ मा रहेको आइशोलेनन र अस्पतालको लागि ६ थान हात धुने स्ट्यान्ड उपलब्ध गराउन लागेका हुन् । उक्त स्ट्यान्ड बुधबार सम्बन्धित निकायलाई हस्तान्तरण गरिने छ ।
सांसद श्रेष्ठको तर्फबाट बन्दिपुरको भानु माविको आइशोलेसनलाई एक थान, भानु नपाको शारदा कलेलको आइशोलेसन र भानु संस्कृत विद्यापिठको क्वारेन्टाइनलाई एक÷एक थान, दमौलीको आदिकवि भानुभक्त क्याम्पसको आइशोलेसनलाई एक थान, सत्यवती माविलाई एक थान र दमौली अस्पताललाई एक थान स्ट्यान्ड उपलब्ध गराउन लागेका हुन् । उक्त स्ट्यान्ड सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्काले सम्बन्धित निकायलाई उपलब्ध गराउने छन् ।
सांसद श्रेष्ठको स्वकिय सचिवालयका सचिव अनिल पाण्डेले सांसद श्रेष्ठको तर्फबाट प्राप्त भएको खुट्टाले छोएर सावुन पानीले हात धुने स्टयन्ड प्राप्त भएको र बुधबार सम्बन्धित ठाउँमा उपलब्ध गराईने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको