Devghat Online

शेयर गरौ

सांसद श्रेष्ठको पहलमा हात धुने स्ट्यान्ड प्रदान
१० असार, दमौली
जिल्लामा कोरोना संक्रमणको संख्या बढ्न थालेको र आइशोलेसनको संख्था पनि बढ्न थालेपछि प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानको पहलमा वाटर एड नामक संस्थाले तनहँुका विभिन्न स्थानीय तहलाई खुट्टाले छोएर सावुन पानी झर्ने स्वचालित प्रविधिको हात धुने स्ट्यान्ड उपलब्ध गराईएको छ ।

 


कोरोना भाइरसबाट बच्न र नियमित सरसफाईकोलागि सांसद श्रेष्ठको विशेष पहलमा तनहूँ क्षेत्र नम्बर १ मा का स्थानीय तह र अस्पताललाई ति सामाग्रीहरु प्रदान गरिएको हो । व्यास नगरपालिकामा २ वटा, भानु नगरपालिकाको पुरन्डिही नगर अस्पतालमा १ तथा भानु नगरपालिकामा १ गरि २ वटा, आबुखैरेनी गाउँपालिकाको लागि १ वटा, बन्दिपुरको डुम्रेमा १ वटा गरि जम्मा ६ वटा हात धुने मेसिन, ५ सय लिटरको ट्यान्की र २० लिटर हयान्ड्वास उपलब्ध गराईएको हो ।

सांसद श्रेष्ठका स्वकीय सचीव जगत खड्काले बुधबार उक्त सामाग्री सम्बन्धित पालिकामा गई हस्तान्तरण गरेका थिए ।

उक्त समाग्री प्राप्त भएपछि बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा तथा वडा न १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले यस्तो विषम परिस्थितिमा आवश्यकता अनुसारको सहयोग प्राप्त भएको भन्दै सांसद श्रेष्ठलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण