चोरी मुद्धामा फरार अभियुक्त १७ वर्ष पछि पक्राउ

Devghat Online

शेयर गरौ

१ साउन, दमौली
तनहूँ प्रहरीले चोरी मुद्धामा फरार एक अभियुक्तलाई १७ वर्ष पछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्धाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको तनहूँ प्रहरीले नकवजनी चोरी मुद्दामा फरार रहेका साबिक जामुने गाविस वडा नं १ हाल म्याग्दे गाउँ पालिका वडा नं १ बरभञ्याङ बस्ने ३८ वर्षीय राम बहादुर परियार भन्ने पनि परिचय दिई पछी नागरिकताको प्रमाणपत्र मा समेत नाम परिबर्तन गरी झलक बहादुर दमाई राखेका व्यक्तिलाई विहिबार पक्राउ गरेको हो ।
उनी विरुद्ध तनहुँ जिल्ला अदालतको २०६० माघ २९ गते गतेको फैसला अनुसार १० महिना नौ दिन कैद भुक्तान गर्न बाँकी रहेको हुँदा उनको खोज तलास गर्ने क्रममा विहिबार आफ्नै घरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए ।
पक्राउ परेका परियारलाई विहिबार नै जिल्ला अदालत समक्ष पेश गरि बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँमा पठाइएको तिमिल्सेनाले बताए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र