पहिरोमा दुई जनाको ज्यान गएकोमा सांसदहरुबाट दुःख व्यक्त

Devghat Online

शेयर गरौ

सुरक्षित र उच्च सतर्कताको साथ बस्न अपिल

५ साउन, दमौली

भानु नपा ९ सिमगैरामा पहिरोमा परि एकै घरका हजुरआमा र नातिनीको मृत्यु भएकोमा तनहूँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले दुःख व्यक्त गरेका छन् । सांसदत्रय सिग्देल, श्रेष्ठ र न्यौपानेले सामाजिक सन्जाल फेसबुकमा विज्ञप्ति प्रकाशित गरि पहिरोमा परि ८० बर्षीया तिलमाया धौलारी र उहाँकी १४ वर्षीया नातिनी सिताष्मा धौलारीको ज्यान गएकोमा दुःख व्यक्त गर्दै दिवगंत आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
त्यसैगरि सांसदत्रय सिग्देल, श्रेष्ठ र न्यौपानेले प्राकृतिक प्रकोपमा परि पीडित भएका नागरिकको उद्धार र राहतमा लाग्न सरकारसँग माग गरेका छन् । उद्धार, राहत र क्षतीपुर्तीको व्यवस्था गर्नु पर्ने भन्दै सांसदहरुले तिन वटै तहका सरकारहरु पीडितको उद्धार र राहतमा लाग्नु पर्नेमा जोड दिएका छन् ।
साथै अविरल परेको पानीले बाढी र पहिरोको उच्च जोखिम भएको हुँदा सुरक्षित र उच्च सतर्कताको साथमा रहन जिल्लावासीलाई सांसदहरु सिग्देल, श्रेष्ठ र न्यौपानेले अनुरोध गरेका छन् । मौसमविदका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना रहेको हुँदा सम्भावित जनधनको क्षती न्युनिकरण गर्न सबैमा सचेतना अपनाउनु पर्ने र सबैले जिम्मेबारी बोध भएर सतर्कता अपनाई काम गर्नु पर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४