सांसदद्वय शुक्रबार तनहूँ आउने

Devghat Online

शेयर गरौ


बाढी र पहिरोको क्षतीको निरिक्षण गर्ने
८ साउन, दमौली

प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने आज गृह जिल्ला तनहूँ आउने भएका छन् । गत साता आएको बाढी र पहिरोले तनहूँमा व्यापक रुपमा क्षती भएपछि सो क्षतीको निरिक्षण र सरकारको तर्फबाट उपलब्ध हुने राहत प्याकेज सहित सांसदद्वय गृह जिल्ला आउन लागेका हुन् ।
एक साता जिल्ला बसाईको क्रममा सांसदद्वयले प्राकृतिक प्रकोप पीडित तनहूँ क्षेत्र नम्बर १ का जनतालाई संघीय सरकारको तर्फबाट उपलब्ध गराउने राहत हस्तान्तरण गर्ने र पीडित तथा अन्य सरोकारवालाहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा सांसदद्वयले बाढि र पहिरोले क्षती पु¥याएको सडक तथा सार्वजानिक संरचनाहरुको निरिक्षण गर्ने र सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
साथै कोभिड–१९ सम्बन्धि क्वारेन्टाइनको अनुगमन तथा आइशोलेसनको अवस्था तथा त्य सम्बन्धी सरोकारवालासँग पनि भेटघाट गर्नेे कार्यक्रम रहेको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४