घर पालुवा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन

Devghat Online

शेयर गरौ

१४ साउन, बन्दिपुर
तनहूँको बन्दिपुर गाउँपालिकाले घर पालुवा कुकुरलाई रेविज विरुद्धको (भ्याक्सिन) खोप लागाउने अभियान सुरु गरेको छ । गाउँपालिका भित्रका घरहरुमा पालिएका सबै कुकुरलाई रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए ।
यो अभियान अन्तर्गत गाउँपालिकाका सबै वडामा एक साता सम्म अभियान सन्चालन गरि सबै घर पालुवा कुुकुरलाई खोप लगाईने वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले बताए । बुधबार पहिलो दिन वडा नम्बर १ का ५८ वटा घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको थियो । गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाका पशु सेवाका प्राविधिकलाई खोप हस्तान्तरण गरि यो अभियानको शुभारम्भ गरेका थिए ।
गाउँपालिकाले सार्वजानिक सुचना जारी गरि सबै घर पालुवा कुकुरलाई खोप लगाउन ल्याउन अनुरोध गरेको थियो । अहिले घर पालुवा कुकुरलाई मात्र खोप लगाउने अभियान भएपनि कसैले भुस्याहा ककुर समातेर ल्याएमा त्यसलाई पनि खोप लगाईने वडा अध्यक्ष पोख्रेलले बताए ।
रेविज विरुद्धको खोप लगाईसकेपछि त्यस्ता कुकुरले कसैलाई टोकी हालेमा पनि रेविज रोग गर्ने सम्भावना नहुने हुँदा खोप लगाउने अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोसी बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक वेपत्ता, वेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाको अनुरोध

तनहुँ । भदौ १६ गत भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी

कालिका माविका विद्यार्थीहरुद्वारा बाढी पीडितलाई सहयोग

देवघाट । भदौ १६ देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ