१६ साउन, दमौली
व्यास नपा–३ परासर टोल दमौलीका सन्तोष पौडेलको ग ६ प ९७१४ नम्बरको मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले व्यास नपा–४ मस्जिदटोल निवासी १८ बर्षीय सोनु नेपालीलाई पक्राउ गरेको छ ।
पौडेलले घरमा बाहिर पार्किङ गरिराखेको मोटरसाईकलमा गत साउन १३ गते राती ११ः ४५ बजेको समयमा आगजनी भएको थियो । प्रहरीले घटनास्थल नजिकैको विजुलीको पोलमा राखिएको सिसि क्यामेरामा कैद भएको भिडियोको आधारमा सो आगजनीमा संलग्नता भएको देखिएकोले नेपालीलाई साउन १६ गते आफ्नै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए ।
गिरफ्तार भएका नेपालीलाई आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिएको डिएसपी तिमिल्सेनाले बताए ।

देवघाट लुकायो कार्यपालिका बैठकको निर्णय
देवघाट । जेठ १० देवघाट गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू सार्वजनिक नगरेको बारेमा स्थानीय अगुवाहरुले












