त्रिशुली नदीमा एम्बुलेन्स खस्दा पाँच घाइते

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

१६ भदौ, चितवन

काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आई रहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आज (मंगलबार) विहान ५ः१५ बजेको समयमा अनियन्त्रित भई चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका–१ बस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सरका बिरामी सर्लाही बरहथवा नगरपालिका–२ बस्ने वर्ष ५० की दिल मांया राना मगर, सोही स्थानकी १५ की बाधे राना मगर, वर्ष २६ की मेक कुमारी राना मगर, वर्ष ३४ को नरबहादुर मगर रहेका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भिर र चार जनाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
हाल उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा