देवघाट अनलाइन
१६ भदौ, चितवन



काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आई रहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आज (मंगलबार) विहान ५ः१५ बजेको समयमा अनियन्त्रित भई चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका–१ बस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सरका बिरामी सर्लाही बरहथवा नगरपालिका–२ बस्ने वर्ष ५० की दिल मांया राना मगर, सोही स्थानकी १५ की बाधे राना मगर, वर्ष २६ की मेक कुमारी राना मगर, वर्ष ३४ को नरबहादुर मगर रहेका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भिर र चार जनाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
हाल उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।













