देवघाटका वडा सचिवमाथी कुटपिट

Devghat Online

शेयर गरौ

कुटपिट गर्नेलाई कारवाही गर्न माग
२३ भदौ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर २ का सचिव गंगाराम मानन्धरमाथी कुटपिट भएको छ । सचिव मानन्धरलाई ऋषिङ गाउँपालिका–३ का २६ वर्षका धनसिंह मगर र सोही ठाउँका २३ वर्षका असिम थापाले सोमबार राती कुटपिट गरेका हुन् । मादक पदार्थ सेवन गरेर गएका उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई सोमबार राती कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुलाई प्रहरीले मंगलबार दिउँसो वडा नम्बर २ को ब्यागतबाट पक्राउ गरेको छ । पक्राउ पछि मंगलबार दिउँसो उनीहरुलाई देवघाट ल्याईएको हिरासतमा राख्न साँझ इलाका प्रहरी कार्यालय आवुँखैरेनी पठाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक उज्वलराज चिलुवालले बताए ।

निजामती सेवा दिवसकै दिन राती १० बजेको समयमा आफ्नो कोठामा सुतीरहेका वडा सचिव मानन्धरलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको घटनाप्रति देवघाट गाउँपालिका कर्मचारीले विरोध गरेका छन् । गाउँपालिकाका कर्मचारीहरुले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाई वडा सचिवलाई ज्यान मार्ने उद्देश्यले भएको कुटपिटबाट सम्पुर्ण कर्मचारीहरु असुरक्षित महशुस गरेको बताएका छन् ।

कुटपिटमा संलग्नरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै उक्त कुटपिटको विरोधमा कर्मचारीहरुले एक साता वडा नम्बर २ को कार्यालय बन्द गर्ने जनाएका छन् । साथै राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षामा गम्भिर बन्न अनरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा