देवघाटमा दान रकम बैंक खातामा जम्मा गर्न अनुरोध

Devghat Online

शेयर गरौ

२३ भदौ, देवघाट
देवघाटमा सन्चालित बृद्धाश्रमले बैंक खाता मार्फत दान रकम जम्मा गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । अहिले कोभिड–१९ को जोखिमको कारण बृद्धाश्रममा नै आएर रकम दान गर्न असहज अवस्था भएको हुँदा दाताहरुले बैंक खाता वा आईएमई मार्फत दान रकम उपलब्ध गराउन अनुरोध गरेको हो ।

देवघाट क्षेत्र विकास समितिद्वारा सन्चालित देवघाट समाज कल्याण केन्द्र (बृद्धाश्रम) मा रहने बृद्धबृद्धालाई खाना तथा भोजनको लागि रकम दान गर्न इन्छुक महानुभावले देवघाटमा रहेको नेपाल बैंक र सिद्धार्थ बैंकको खातामा वा आईएमई मार्फत रकम उपलब्ध गराउन तथा रकमको बारेमा बृद्धाश्रमको फेसबुक एकाउन्ट मार्फत जानकारी दिन सकिने समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

अहिले हिन्दुहरुको पितृ पक्ष अर्थात सोह्र श्राद्ध चलिरहेको र श्राद्ध गरिसकेपछि आफ्ना पितृको सम्झनामा दान तथा बृद्धबृद्धालाई भोजन गराउने संस्कार रही आए पनि अहिले कोभिड–१९ को महामारीको कारण सबै सर्वसाधरणलाई बृद्धाश्रममा पुगी रकम उपलब्ध गराउन तथा बृद्धबृद्धालाई भोजन गराउने अनुकुल वातावरण नभएको हुँदा बैंक खाता मार्फत दान रकम दिन सकिने अध्यक्ष पौडेलले बताए ।

बृद्धबृद्धाहरुमा कोभिडको जोखिम अत्यन्त धेरै भएको हुँदा उहाँहरुलाई यो जोखिमबाट जोगाउनु सबैको कतव्र्य र जिम्मेबारी पनि भएको कारण दान दिने तथा भोजन गराउने क्रममा बृद्धाश्रममा धेरै भिड हुन सक्ने हुँदा बैंक खाता मार्फत नै दान रकम दिन सकिने व्यवस्था मिलाईएको अध्यक्ष पौडेलले बताए । सो बृद्धाश्रममा अहिले ३५ जना बृद्धबृद्धाहरु आश्रित हुनुभएको बृद्धाश्रमको व्यवस्थापक देवु अधिकारीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा