नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई देवघाटमा स्वागत

Devghat Online

शेयर गरौ

२७ भदौ, देवघाट
देवघाट गाउँपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटालाई गाउँपालिकामा स्वागत गरिएको छ । सापकोटालाई शुक्रबार वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, लेखा अधिकृत अननाथ ढकाल लगायत जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले देवघाटलाई सवल र सक्षम गाउँपालिका बनाउन सबै जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको बताए । आफ्नो बल बुताले भ्याएसम्म देवघाटको विकासकोलागि आफ्नो योगदान रहने उनले बताए । सापकोटा तनहूँकै बन्दिपुर गाउँपालिकाबाट देवघाटमा सरुवा भएका थिए ।

यस अघि देवघाटका प्रमुख प्रशासकीय अधिकृत रहेका रमेश सुवेदीको तनहूँकै घिरिङ गाउँपालिकामा सरुवा भएको छ । सुवेदीले पनि शुक्रबारबाट कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा