नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई देवघाटमा स्वागत

Devghat Online

शेयर गरौ

२७ भदौ, देवघाट
देवघाट गाउँपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटालाई गाउँपालिकामा स्वागत गरिएको छ । सापकोटालाई शुक्रबार वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, लेखा अधिकृत अननाथ ढकाल लगायत जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले देवघाटलाई सवल र सक्षम गाउँपालिका बनाउन सबै जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको बताए । आफ्नो बल बुताले भ्याएसम्म देवघाटको विकासकोलागि आफ्नो योगदान रहने उनले बताए । सापकोटा तनहूँकै बन्दिपुर गाउँपालिकाबाट देवघाटमा सरुवा भएका थिए ।

यस अघि देवघाटका प्रमुख प्रशासकीय अधिकृत रहेका रमेश सुवेदीको तनहूँकै घिरिङ गाउँपालिकामा सरुवा भएको छ । सुवेदीले पनि शुक्रबारबाट कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी