चट्याङ लागि घाईते भएका तामाङको उपचारमा आर्थिक अभावले समस्या

Devghat Online

शेयर गरौ

२८ भदौ, देवघाट
चट्याङ लागेर गम्भिर घाईते भएका देवघाट गाउँपालिका–५ का २१ वर्षिय किसान तामाङको आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । गत भदौ २३ गते राति ११ बजे चट्याङ परेर तामाङ गम्भिर घाईते भएका थिए ।
चट्याङ परेर बेहोस भएका तामाङको अनुहार र शरिर भरी चोटैचोट छ । चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरे पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएर राखेका छन् ।


उपचार गर्ने पैसा सकिएको र यो बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकैले अस्पतालबाट डिस्चार्ज गरेर ल्याएको आमा सुनिता तामाङले बताईन् । गम्भिर घाईते उनको थप उपचार हुन नसक्दा घरकै पिढिको खाटमा पिडा लिएर सुत्न बाध्य भएका छन् ।
उपचारमा आर्थिक अभाव भएको कारण सहयोग गर्न आमा सुनिता तामाङले बताईन् । पिडित तामाङलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले उनको आमा सुनिता तामाङलाई ९८२५२६७९५२ र इच्छाकामना न्युजका देवघाट प्रतिनिधि आशिक रानालाई ९८४५१९५५४८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी