चट्याङ लागि घाईते भएका तामाङलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

३० भदौ, देवघाट
चट्याङ लागेर गम्भिर घाईते भएका देवघाट गाउँपालिका–५ का २१ वर्षिय किसान तामाङलाई आर्थिक सहयोग गरिएको छ । देवघाटका युवाहरु शुकु गुरुङ र आशिक रानाको पहलमा देवघाटमा आर्थिक संकलन गरि मंगलबार तामाङको वुवा जयबहादुर तामाङलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

सो अवसरमा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, नेकपा देवघाटका अध्यक्ष भुवनसिंह गुरुङले तामाङलाई रकम हस्तान्तरण गरेका थिए ।

गत भदौ २३ गते राति ११ बजे चट्याङ परेर तामाङ गम्भिर घाईते भएका थिए । चट्याङ परेर बेहोस भएका तामाङको अनुहार र शरिर भरी चोटैचोट छ । चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरे पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएर राखेका छन् ।

उपचार गर्ने पैसा सकिएको र यो बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकैले अस्पतालबाट डिस्चार्ज गरेर ल्याएको आमा सुनिता तामाङले बताईन् । गम्भिर घाईते उनको थप उपचार हुन नसक्दा घरकै पिढिको खाटमा पिडा लिएर सुत्न बाध्य भएका छन् ।

उपचारमा आर्थिक अभाव भएको कारण सहयोग गर्न आमा सुनिता तामाङले बताईन् । पिडित तामाङलाई सहयोग गर्न चाहनेहरुले उनको आमा सुनिता तामाङलाई ९८२५२६७९५२ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा