आवुँखैरेनीमा एक मिटरको दुरीमा बेन्च राखी पढाइ सुरु हुने

Devghat Online

शेयर गरौ

१२ असोज, आवुँखैरेनी
आवुँखैरेनी गाउँपालिकाले एक बेन्च र अर्काे बेन्चको दुरी एक मिटरको राखी पढाई सुरु गर्ने भएको छ । गाउँपालिकाले आईतबार सबै सामुदायीक तथा संस्थागत विद्यालयलाई सिकाई सहजीकरण सम्बन्धमा निर्देशन दिँदै विद्यार्थी विच भौतिक दुरी कायम र स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरि सिकाई पक्रिया सुरु गर्न निर्र्देशन दिएको छ ।

कोभिड–१९ को कारण अवरुद्ध विद्यार्थी सिकाई प्रक्रिया शिक्षा मन्त्रालयको सिकाई सहजिकरण निर्देशिका २०७७ बमोजिम गाउँपालिका भित्रका सबै सामुदायीक तथा संस्थागत विद्यालयका प्रअहरुसँगको बैठक तथा कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने सम्बन्धमा सबै विद्यालयहरुलाई सुचित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।

गाउँपालिकाले एक बेन्च र अर्काे बेन्चको दुरी कम्तीमा एक मिटरको हुनु पर्ने र एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थी राखिनु पर्ने निर्देशन दिएको छ । त्यसैगरि ५० देखी एक सय जना विद्यार्थी भएका विद्यालय दुई सिफ्टमा सन्चालन गर्नु पर्ने, यस देखी दुई सय वा सो भन्दा माथि विद्यार्थी भएका विद्यालयले दिन बिराएर भएपनि आलोपालो रुपमा सन्चालन गर्न सक्ने जनाएको छ ।

त्यसैगरि बस सन्चालन गरेका विद्यालयले सिटको एक लहरमा एक जना मात्रै विद्यार्थी राखी ल्याउनुपर्ने र बसको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने, विद्यालय प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने तथा ज्वरो आएका तथा जुनसुकै विरामीका लक्षण भएका विद्यार्थीलाई अभिभावकले नै विद्यालय पठाउन नहुने, तथा विद्यालय आईपुग्न ३० मिनेट भन्दा कम समय लाग्ने अवस्था छ भने हिडेरै विद्यालय आउन प्रेरित गर्ने गाउँपालिकाको सुचनामा उल्लेख छ ।

कक्षा १ वा ६ वर्ष मुनीका बालबालिकालाई सिकाई प्रक्रियामा सहभागी नगराउने पनि गाउँपालिकाले जनाएको छ । सबै सामुदायीक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने व्यवस्था पनि गरिएको छ । साथै सुचनाको अटेर गरि सात दिन भित्रमा हाजिर हुन नआउने शिक्षक तथा कर्मचारीको विवरण गाउँपालिकालाई उपलब्ध गराउन निर्देशन दिईएको छ ।

सिकाई पक्रियाको गाउँपालिकाबाट नियमित अनुगमन हुने हुँदा अनुगमनको क्रममा निर्देशित मापदण्डको पालना नभएको भेटिए अनुगमन कर्ताले नै तत्कालै सिकाई केन्द्रहरु बन्द गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि