२६ असोज, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ मा सन्चालित देवघाट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन अधिकारी चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको पाँचौं अधिवेशन तथा साधारणसभाले अधिकारीको अध्यक्षतामा नयाँ सन्चालक समिति र लेखा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः महेशराज भट्टराई, प्रशन्न ढकाल र बद्रिप्रसाद मिश्र चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णुप्रसाद सुवेदी, बिनोद मगर, पुरुषोत्तम वाग्ले र चन्द्रमाया श्रेष्ठ चयन भएका छन् भने बाँकी तिन जना पछि मनोनित गरिने छ ।




त्यस्तै लेखा समितिको संयोजकमा भिमप्रसाद सापकोटा, श्रऋण समितिको संयोजकमा भरत आचार्य र शिक्षा तथा तालिम समितिको संयोजकमा हरिशरण पण्डित चयन भएका छन् ।












