२६ असोज, दमौली
तनहूँमा क्रियाशिल सर्वदलीय रजनीतिक संयन्त्रले जिल्लाका विभिन्न स्थानमा सन्चालित अवैध क्रसर उद्योग रोक्न स्थानीय प्रशासन, जिल्ला अनुगमन समिति र जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको अध्यक्षतामा आईतबार दमौलीमा बसेको बैठकले जिल्ला अनुगमन समितिले निर्देशन दिंदासमेत अवैध क्रसर नरोकिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।




नेकपाका जिल्ला अध्यक्ष केदार सिग्देल, सचिव राजेन्द्रकेशरी न्यौपाने, संघीय समाजवादीका केन्द्रीय सल्लाहकार कृष्ण घिमिरे तथा केन्द्रीय सदस्य एवं जिल्ला संयोजक देवेन्द्र थापा तथा कांग्रेसका कार्यवाहक सभापति आले, सचिव विश्व बास्तोलासहितका शीर्ष नेताहरु सहभागी बैठकले जिल्लामा कोभिड रोकथाम र नियन्त्रणका लागि पनि गम्भीरतापूर्वक लाग्नका लागि अनुरोध गर्ने निर्णय समेत गरेका छन् ।
यसैविच सर्वदलीय राजनीतिक संयन्त्रका पदाधिकारीहरुले अबैध क्रसर उद्योगको सन्चालन रोक्न माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षण गराएका छन् । सोमबार समन्वय समितिको कार्यालयमा पुगेका राजनीतिक दलका नेताहरुले जिल्ला अनुगमन समितिका प्रमुख समेत रहेका वाग्लेलाई ज्ञापनपत्र बुझाएका थिए ।
सो क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङत बराललाई समेत ज्ञापनपत्र बुझाईएको थियो ।
जिल्ला अनुगमन समितिको निर्णय पनि कार्यान्वयनमा नभएको तथा मापदण्डमा ल्याउन र नियमन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखलाई भेटेर ध्यानाकर्षण गराईएको नेपाली काँग्रेसका जिल्ला सचिव विश्व वास्तोलाले बताए ।












