होटल व्यवसाय सुस्ताएपछि पन्छी पालन

Devghat Online

शेयर गरौ

२९ असोज, बन्दिपुर
बन्दिपुर गाउँपालिका वडा नम्बर १ प्युघरका बसन्त पौडेलले होटल व्यवसाय सुस्ताएपछि पन्छी पालनमा लगानी गरेका छन् । साथीहरुसँगको सहकार्यमा बन्दिपुर र प्युघरमा तिन वटा होटल सन्चालन गरेका पौडेलले गत कोभिड–१९ को कारण भएको बन्दाबन्दीपछि पन्छी पालन सुरु गरेका छन् ।

पौडेलले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरि साथीहरुसँग सहकार्य गरि बन्दिपुरमा हिमालय एसएस होटल, बन्दिपुर इको होटल र एप्पी रेष्टुरेन्ट सन्चालन गरेका थिए । तर भ्रमण वर्षको सुरुवातीसँगै कोभिडको असरले पर्यटन क्षेत्र बन्द भएपछि देशव्यापी लकडाउन भएसँगै होटल बन्द गरि पौडेल पन्छी पालनमा लागेका हुन् ।

बन्दिपुर पर्यटन विकास समितिका सचिव समेत रहेका २८ वर्षीय पौडेलले अव तत्काल होटल व्यवसाय फस्टाउने सम्भावना नदेखेपछि अभिभावकले यस अघि कहिल्यै नगरेको विभिन्न प्रजातीका पन्छी पालन सुरु गरेका हुन् ।

घर वरपरको पाँच रोपनी खाली जग्गामा खोर बनाएर पौडेलले कालिज, टर्की, कडकनाथ कुखुरा, परेवा र बट्टाई पालन सुरु गरेका छन् । आफ्ना हजुरबालाई गाउँघरमा बोलाईने नामलाई लिएर दाम्ले बाजेको कृषि फर्म दर्ता गरि पौडेलले पन्छी पालन सुरु गरेका हुन् ।

पौडेलको फर्ममा अहिले तिन सय कालिज, एक सय भन्दा बढि टर्की, दुई सय कडकनाथ कुखुरा, एक हजार बढि बट्टाई, विभिन्न प्रजातीका परेवा र कुखुरा समेत पालन गरेका छन् । अहिले प्रराम्भिक चरण भएको हुँदा खोर बनाउँदा र पन्छीमा समेत गरि २० लाख रुपैयाँ लगानी भएको पौडेलले बताए । अव चाँडै नै क्षेत्रफल विस्तार गरि कालिजको संख्या करिब हजार बनाउने लक्ष्य रहेको पौडेलले बताए ।

डुम्रे–बन्दिपुर सडकसँगै टासिएर खोलिएको कालिज फर्म हेर्न बन्दिपुर आउने जाने सर्बसाधरणहरु रोकिन्छन् । बन्दिपुर क्षेत्रमै पहिलो पटक कालिज पालन गरिएको हुँदा धेरैले अनौठो मान्ने गरेको पौडेलले बताए । बयस्क कालिजको मुल्य प्रति गोटा तिन हजार पाँच सय तोकिएको छ । निम्न वर्गका सर्वसाधरणले उक्त मुल्य महंगो मानेपछि उच्च वर्गका व्यक्तिहरुले दशै र तिहारकोलागि कालिजको अग्रिम बुकिङ समेत गरिसकेको पौडेलले बताए ।

कालिज फर्मसँगै पौडेलको एप्पी रेष्टुरेन्ट समेत सन्चालन गरेका पौडेलले आफ्नै फर्मको उत्पादन रेष्टुरेन्टबाटै खपत गराउन ‘मेरो फर्म मेरै भान्सा’ अभियान समेत सुरु गरेका छन् । ग्राहकको रोजाई अनुसारकै पन्छीको मासुको स्वाद आफ्नै रेष्टुरेन्टबाटै चखाउन ‘मेरो फर्म मेरै भान्सा’ अभियान सुरु गरिएको पौडेलले बताए ।

गत वर्ष होटलमा गरेको लगानी डुबे पछि निराश भएका परिवारका सदस्य अहिले पन्छी फर्म प्रति धेरैको चासो र आकर्षण देखेपछि खुसी भई साथ र हौसला दिन थालेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि