पुर्वमन्त्री गौतमको निधन

Devghat Online

शेयर गरौ

२७ कार्तिक, दमौली
बन्दिपुर गाउँपालिका–१ निवासी पुर्व भुमिसुधारमन्त्री भिमप्रसाद गौतमको निधन भएको छ । निमोनीयाबाट पीडित ७१ वर्षीय गौतमको विहिबार बिहान २.३० बजे आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही दिन अघि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा लामो उपचार पश्चात घर फर्केका थिए ।

गौतम २०६४ सालमा तत्कालिन राष्ट्रिय जनमोर्चाबाट पहिलो संविधानसभाका सदस्य समेत थिए । एकता केन्द्र मसालको तत्कालिन नेकपा माओवादीसँग पार्टी एकतापछि उनी २०६९ सालमा भुमिसुधार मन्त्री बनेका थिए ।

गौतम किसान आन्दोलनका नेता समेत थिए । गौतम हाल जनता समाजबादी पार्टीको केन्द्रीय सल्लाहकार थिए । गौतमको निधनले तनहूँको कम्युनिष्ट आन्दोलन र किसान आन्दोलनलाई ठुलो क्षती भएको बन्दिपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

दिवंगत गौतमको देवघाटमा दाहासंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । उहाँका एक श्रीमती दुई छोरा चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी