१ पुस, देवघाट
देवघाट गाउँपालिकाको आयोजनामा सहकारी संस्थाका पदाधिकारीलाई सहकारी शिक्षा सम्बन्धि दुई दिने तालिम बुधबारबाट सुरु भएको छ ।
सो कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले सहकारी संस्थाहरुले शेयर सदस्यहरुको दीगो आर्थिक बिकासलाई लक्षित गरि कार्यक्रमहरु ल्याउनु पर्ने बताए । उनले सहकारी संस्थाले समाज बिकासको लागि वातावरण सिर्जना गर्न सक्ने बताए ।




सो तालिममा देवघाट गाउँपालिका भित्रका १५ वटा सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिवहरुको सहभागीता रहेको छ । तालिमका सहभागीलाई तनहुँ जिल्ला सहकारी संघका सचिव मदन पण्डितले सहकारीको मुल्य मान्यता, सामाजिक उत्तरदायित्व इमान्दारिता नैतिक मुल्यक र सहकारीको परिचय सहितको प्रशिक्षण दिएका छन् ।
देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमनाथ ढकालको अध्यक्षता सम्पन्न सो कार्यक्रममा कार्यक्रम अधिकृत कृष्णराज पन्त, प्रशासन शाखा प्रमुख गोविन्द पौडेल, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।












