खोलाको पानी पिउन नपर्ने भएपछि खाल्टेवासीमा खुसीयाली

Devghat Online

शेयर गरौ

१३ पुस, देवघाट
अवदेखी खोलाको पानी पिउन नपर्ने भएपछि देवघाट गाउँपालिका–२ खाल्टेमा खुसीयाली छाएको छ । खाल्टेमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीय बासिन्दामाखुसी छाएको हो । खाल्टे स्थित खाल्टे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्मित खानेपानी आयोजनाको हालै उद्घान गरिएको हो ।

यस अघि खानेपानीको समस्या हुँदा सो ठाउँका करिब एक सय घरधुरीले चित्ने खोला, तातो खोला र दरङ्गखोलाको पानी बाध्य भएको स्थानीय तारामाया मल्लले बताईन् । प्रदेश सरकार मार्फत खानेपानी तथा सिचांइ डिभिजन कार्यालय तनहँुले एक करोड ४७ लाख लागतमा खाल्टेमा खानेपानी योजना निर्माण सम्पन्न गरिएको हो ।

खानेपानी योजनाको उद्घाटन गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले खाल्टे बस्तीमा खानेपानीको समस्याले गर्दा स्थानीयहरु सधैं चिन्तित भइ रहेको बेला अब भने खाल्टे बासीले चिन्ता लिनु नपर्ने बताए । उनले घर–घरमा शुद्ध खानेपानीको मिटर जडान गरि खेतीयोग्य जमिनमा व्यावसायिक तरकारी खेती समेत लगाउन अनुरोध गरे । अध्यक्ष थापाले खाल्टे बन्चरे हुँदै देवघाट जोड्ने मोटर मार्ग पनि छिटै सहज हुने र यहीँ बर्ष भित्र बस्तीमा बिजुली बत्ती पनि बाल्ने उनले बताए । खाल्टे बस्तीमा बाख्रा पालन पकेट क्षेत्र भएको हुनाले व्यवसायीक बाख्रा पालनलाइ अगाडी बढाउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य बालकुमारि परियार, सहमति गैंडाकोटका परियोजना प्रमुख शिव सुवेदी, आदर्श माबिको बिब्यस अध्यक्ष दलमाया वंशी, आदर्श माबि सहायक प्रअ हेमराज श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका देवघाट गाउँपालिका अध्यक्ष शेरबहादुर मल्ल लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रम खाल्टे खानेपानी उपभोक्ता समुहका अध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता