देवघाटमा शहिद सप्ताह मनाईने

Devghat Online

शेयर गरौ

९ माघ, देवघाट
देवघाट गाउँ पालिकाले शहिद सप्ताह मनाउने भएको छ । शहिद सप्ताहको अवसरमा यही माघ १० गते शनिबारदेखी विभिन्न कार्यक्रमको आयोजना गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

राष्ट्र निर्माणमा बलिदान गर्ने शहिदहरूको उच्च सम्मानका निम्ति शहिद सप्ताह मनाउन लागिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले बताए । शहिद सप्ताह मनाउन गाउँपालिकाका अध्यक्ष थापाको संयोजकत्वमा ५१ सदस्यिय समिति गठन गरिएको छ ।
सो समितिमा जनप्रतिनिधि, बैंक, वित्तीय सँस्था, सहकारी, नागरिक समाज, सामुदायिक वन, सरकारी तथा गैर सरकारीका प्रतिनिधि, स्वास्थ्य, गुरूकुलहरूहरु समावेश गरिएको वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्त यालबहादुर गुरुङले बताए ।

सप्ताहको पहिलो दिन माघ १० गते कार्यक्रमको उद्घाटन, झाँकी, ¥याली, शहिद माल्यार्पण र साँस्कृतिक कार्यक्रम, दोस्रो दिन अंग्रेजीमा हाजिरी जवाफ प्रतियोगिता र अन्तर मावि भलिबल प्रतियोगिता सँगै साँस्कृतिक कार्यक्रम, तेस्रो दिन स्वास्थ्य शिविर, भजन प्रतियोगिता, चौथो दिन (अन्तर युवा क्लवरवन) फुटबल प्रतियोगिता र अन्तर मावि विज्ञान प्रदर्शनी गरिने छ ।

त्यस्तै पाचौं दिन अंग्रेजी शब्द लेखन प्रतियोगिता र कृषि कार्यक्रम, छैटौं दिन हाट बजार संचालन प्रतियोगिता र उद्योग प्रवद्र्धन र अन्तिम शहिद दिवसको दिन सम्पूर्ण टोलटोलमा गई सरसफाइ कार्यक्रम, शहिदका परिवार सम्मान र पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको प्रवक्ता गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी