भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन अनुरोध

Devghat Online

शेयर गरौ

१५ असार, दमौली
जिल्ला प्रशासन कार्यालय तनर्हँले भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार असार १६ गतेदेखी १९ गतेसम्म वर्षा हुने सूचना प्राप्त भएको भन्दै बाढी, पहिरो लगायतका जोखिम देखिएकाले सजग रहन सर्वसाधारणहरुलाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जारी गरेको सूचनामा बाढी पहिरो हुने क्षेत्रमा नजान, नदी किनारमा नजान तथा पौडी नखेल्न अनुरोध गरिएको छ । बाढी, पहिरो र डुबान हुने क्षेत्रमा नजाने प्रशासनले आग्रह गरेको छ । यस्तै नदी र खोलामा माछा मार्ने, पौडी खेल्न जने, दाउरा सङ्कलन गर्ने लगायतका कुनै पनि कार्य नगर्न उक्त सूचनामा भनिएको छ ।

प्रशासनले सेती, मादी बुल्दी लगायत अन्य खोलाको छेउछाउमा नजान र नदी खोला किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कुनै आपतकालिन समस्या देखिएका खण्डमा जिल्ला आपतकालिन केन्द्रको ०६६५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नंस् ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नंः ९८५६००११११, प्रहरी उपरीक्षकको फोन नंः ९८५६०६५५५५ मा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा