एनआरएनए माल्टामा भुवन अर्यालको उम्मेदवारी घोषणा

Devghat Online

शेयर गरौ

जुलाई ३, माल्टा ।   गैर आवासीय नेपालीसंघ माल्टाको सदस्यता वितरण सकिए संगै आर्थिक बर्ष २०२१(२०२३ को अध्यक्षको उम्मेदवारीमा भुवन अर्यालले समाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा गदै उनले माल्टाबासी नेपालीहरुसंग आफुले माल्टामा ४ बर्ष संगै सहकार्य गरेको हुँदा उनीहरुको समस्या र भोगाइसंग आफु निकट रहेको बताए ।

माल्टामा नेपालीहरुका हक हितको लागि आफुले हासिल गरेको अनुभव र अग्रजको सल्लाह अनुसार समाजसेवा गर्न मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु उनले भने । ४बर्षे कर्मभुमीको दौडानमा एनआरएनए लगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर नेपालीहरु प्रतिको अभिभारा निस्वार्थ तवरले पुरा गराउँदै आइरहेको स्मरण गर्र्दै यो महत्वपूर्ण समय आफ्नो व्यक्तिगत स्वार्थ भन्दा टाढा रहेर माल्टाबासी नेपाली र मातृभूमिका लागि प्रतिबद्ध भएर लागि पर्ने भन्दै यस २ बर्षे कार्यकालका लागि आफुलाई समर्थन गर्न सम्पुर्ण माल्टाबासी नेपालीहरुलाई आग्रह गरेका छन् ।
अर्यालले भने म कर्म र इमान्दारीतामा विश्वास गर्छु । नेपाली कला, भाषा र संस्कृति, खेलकुद अनि सामाजिक सद्भावका आधारमा एनआरएनएलाई सवै नेपालीको साझा र सवल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । आज मैले उम्मेदवारी घोषणा गर्दैगर्दा एजेण्डाका पोकोहरु वोकेर आएको छैन । ,तर एनआरएनएका आफ्ना उद्धेश्यहरु छन्, कार्ययोजना छ । यो एउटा पवित्र संस्थाको उचाई र गरिमालाई उचाइमा लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको ठान्दै सम्पुर्ण नेपालीहरुको राय÷सल्लाह र सुझावका आधारमा एजेण्डा बनाई अघि बढ्नेछु ।
विधिविधानलाई आत्मासात गर्दै, संस्थाको उद्देश्य प्राप्तिको लागि दत्तचित्त रहेर सबैलाई अपनत्व हुनेगरी सामूहिक रूपमा कार्यसम्पादन गर्दै अगाडि बढ्ने प्रण गर्दै आगामी कार्यकाल २०२१–२०२३ का लागि एनआरएनए माल्टाको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु,’ भन्दै उनले गैर आवासीय नेपाली संघ माल्टाको अध्यक्ष पदमा निर्वाचित गर्न यहाँहरूको अमूल्य मत, साथ र समर्थनबिना असम्भव छ । मलाई विश्वास छ यहाहरूको साथ मलाई प्राप्त हुनेछ र म यहाँहरूको सेवामा समर्पित हुने सौभाग्य प्राप्त मलाई हुनेछ ।
यसैगरी एनआरएनए माल्टाकै लागि रेमलाल खनालको पनि अध्यक्षमा उम्मेदवारी रहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा