देवघाट, फागुन २८
सव–डिभिजन वन कार्यालय देवघाटको आयोजनामा देवघाट गाउँपालिका र सामुदायिक वन समुहका प्रतिनिधि बिच अन्तरक्रिया आयोजना गरिएको छ । सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत सव–डिभिजन स्तरीय अन्तरक्रिया आयोजना गरिएको देवघाट सव–डिभिजन वन कार्यालयका प्रमुख नवराज घिमिरेले बताए ।

देउती सामुदायिक वनका अध्यक्ष सुर्यबहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरूङ, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, वडा नम्बर २ का अध्यक्ष मिन बहादुर राना, वडा नम्बर १ नम्बर अध्यक्ष मनिराज गुरूङ, देवघाट सव–डिभिजन वन कार्यालयका प्रमुख नवराज घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सचिवालय सदस्य केशवचन्द्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।



सो कार्यक्रममा ढडेलोबाट वन जंगल जोगाउनु पर्ने, चोरी निकासीलाई नियन्त्रण गर्नु पर्ने लगायतको विषयमा छलफल भएको बताईएको छ ।












