म्याग्दे, फागुन २९
सव डिभिजन वन कार्यालय म्याग्दे गुणादी अन्तरगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरुको अन्र्तक्रिया तथा गोष्ठि सोमबार वडा नम्बर १ को सभाहलमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको बार्षिक कार्यक्रम बमोजिम सव डिभिजन वन कार्यालय म्याग्दे गुणादी अन्तरगतका व्यास नपा वडा नं ५ र ६ एवं रिसिङ्ग गापा वडा नं १ र २ तथा म्याग्दे गापा भरिका ४० गोटा सामुदायिक वनउपभोक्ता समुहका पदाधिकारी प्रतिनिधिहरु अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको उक्त कार्यक्रममा सहभागिता रहेको कार्यक्रमका संयोजक एवं वन अधिकृत कृष्ण प्रसाद भट्टले जानकारी दिए ।



सो कार्यक्रममा डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले सामुदायिक वन उपभोक्ता समुहले कार्ययोजना अनुसार अवआरा वन्चरो र चेन स लिएर बाक्लो भएको वन र बुढा पुराना रुख विरुवा कटानी गरि बढी भन्दा बढी काठ उत्पादन गर्न जोड दिए । सामुदायिक वनमा भएको श्रोत साधन प्रयोग गरि पुनरुत्पादनहुने प्राकृतिक स्रोतलाई आर्थिक रुपमा उत्पादन मुलक वनाउन समुहलाई आग्रह गर्दै काफ्लेले सामुदायिक वनका उपभोक्ता समुह उद्यम विकास तर्फ अग्रसर हुनु पर्ने बताए ।
गोष्ठिमा अधिकांश वन उपभोक्ता समुहका अध्यक्षहरुले वनको वर्तमान नीति नियममा रहि समुहले वनको संरक्षण सम्वर्धन गरि रहेको र गरिव विपन्न वर्गको जिविको पार्जनमा उल्लेखनिय कार्य गरेको बताए । म्याग्दे सव डिभिजन वन कार्यालय अन्तरगतका विभिन्न समुहहरुमा उत्पादनमुखी र जिविकोपार्जन सहयोग कार्यक्रम संचालन भईरहेको छ । समुहले २५ प्रतिशत आम्दानी वन विकासका कार्यमा खर्च गर्नु पर्ने र बाँकी रकमको आधा जिविको पार्जन महिला सशक्तिकरण उद्यम विकासमा खर्च गर्नु पर्ने र वाँकी रकम समुहको हितकानामामा सामाजिक विकासमा लगाउनु पर्ने प्रावधान रहेको छ ।
सो बमोजिमउपभोक्ता समुहले धेरै उल्लेखनिय कामहरु सन्चालन गरेको सहभागीहरुले बताएका थिए । सो कार्यक्रममा ज्यान्टाङ पधेरा खोला समुहका सचिव भुपेन्द्र रानाभाटले समुहले ट्रि हाउस सन्चालनगरि पर्यापर्यटन विकास गरेको जानकारी गराए । साथै उक्त क्षेत्रमा बरादी सामुदायिक वनले जिविको पार्जनका लागि विपन्नवर्गलाई सामुहिक धान खेति र टाईगर हिलपार्क संचालन गरेको, उमाचोक सामुदायीक वन समुहले सामुदायिक वनमा फलफुल खेति गरेको, कोईदिम सामुदायिक वनले कटुसका मुढामा सिताके च्याउ खेति गरेको, सपनकोट ओडारे वनले नमुना प्लट स्थापनागरि वन सम्वर्धन गरेको, माने भन्ज्याङ वन समुहले आगोलागी वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रण उत्तरदायि समिति गठन गरि प्रभावकारी रुपमा वन डढेलो नियन्त्रण गरेको तथा श्री डाडा वन समुहलले खयरको नमुना प्लट बनाई खयर उत्पादनबाट लाखौ आम्दानी गरि विपन्नलाई वाख्रा पालनमा लगानी गरेको लगायतका सफलताबारे जानकारी गराएका थिए ।
सो कार्यक्रममा सामुदायिक वनमा वन डढेलोबाट जोगाउन अग्नी रेखा बनाई उपभोक्ता समुहले नियन्त्रीत आगो लगाउनु पर्ने, चोरी शिकारी नियन्त्रण गर्नु पर्ने समुहले नियमित वन सम्वर्धनका कार्यहरु गोडमेल पत्ल्याउने हाँगालहरा झाडी काँटछाँट कार्यक्रम सम्पन्न गरि वनलाई उत्पादन मुलकवनाउने तर्फ व्यापक छलफल भएको थियो ।
वराही सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मुक्तीनाथ खनालले यस्ता अन्र्तक्रिया कार्यक्रम मासिक रुपमा घुम्ती वैठकको रुपमा संचालन गर्न आग्रह गरे । गोष्ठीमा म्याग्दे गापा वडा नम्बर १ का अध्यक्ष मणीभद्र वाग्लेले सामुदायिक वन उपभोक्ता समुह र स्थानिय सरकार विच नङ र मासुको सम्वन्ध भएको भन्दै समुहका स्थानियतह सँगको समन्वयमा वन समुहको कार्यक्रम संचालन भएको बताए ।












