आदिकविमा स्ववियु निर्वाचन अन्यौलमा, निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

Devghat Online

शेयर गरौ

दमौली, फागुन २८

दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ । निर्वाचनको लागि शनिबार उम्मेदबारी दर्ता भईसकेपनि नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तीकारीले निर्वाचन प्रबन्ध समितिको कार्यालयमा आईतबार साँझ तालाबन्दी गरेपछि निर्वाचन कार्यक्रम प्रभावित बन्ने भएको छ ।

उक्त क्याम्पसमा नेविसंघ र माओवादी केन्द्र निकट अनेरास्ववियुको संयुक्त प्यानलबाट सभापती पदमा उम्मेदबारी दिएका गौरब पन्थ विरुद्ध परेको उजुरी प्रति निश्पक्ष छानविन नगरेको भन्दै अखिल क्रान्तीकारीले तालाबन्दी गरेको हो । अनेरास्ववियु क्रान्तीकारीले सभापतीका उम्मेदबार पन्थ विरुद्ध आईतबार निर्वाचन प्रबन्ध समितिमा उजुरी दिएका थिए ।

नेविसंघ र अखिल क्रान्तीकारीको तर्फबाट संयुक्त प्यानलको सभापतीका उम्मेदबार पन्थ क्याम्पसमा बिआईसिटिईको विद्यार्थी भएपनि चुनावी प्रयोजनकै लागि उनले बिए प्रथम वर्षमा भर्ना गरेको र भर्ना गर्दा जातिय क्लष्टरमा मधेसी भनी बर्गिकृत गरिएको भन्दै पन्थ क्याम्पसको फर्जि विद्यार्थी रहेको हुँदा उनको उम्मेदबारी खारेज हुनु पर्ने भन्दै विप्लव निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले दर्ता गरेको थियो ।

उक्त उजुरीमा अनेरास्ववियु क्रान्तीकाररीका क्याम्पस कमिटिका अध्यक्ष विशाल रुचाल र अनेरास्ववियुका अध्यक्ष राहुल नेपालीले हस्ताक्षर गरेका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति समेत प्रकाशन गरि उक्त फर्जि भर्नाको सत्यतथ्य छानविन गर्न माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

यता क्याम्पसको स्ववियु निर्वाचन प्रबन्ध समितिले भने विद्यार्थीको नाम सफ्टवेयर प्रणालीमा दर्ता गर्ने क्रममा सफ्टवेयरको खराबीको कारण गौरब पन्थको नाम मधेसी समुदायमा परेको हुँदा यसमा क्याम्पस प्रशासनको गल्ती देखाउँदै उनको उम्मेदबारी खारेज नहुने जनाएको छ । निर्वाचन प्रबन्ध समितिको उक्त निर्णयको विरुद्धमा अखिल क्रान्तीकारीले आईतबार साँझ निर्वाचन कार्यालयमा तालाबन्दी गरेको हो ।

यही चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि नेपाली काँग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीले संयुक्त प्यानल बनाएका छन् । त्यस्तै विप्लव समुह निकट अनेरास्ववियु क्रान्तीकारीले पनि संयुक्त प्यालन बनाएर उम्मेदबारी दिएका छन् भने नेकपा एमाले निकट अनेरास्ववियुले भने एकल रुपमा उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी