गाउँपालिका अध्यक्षको तलब सार्वजनिक पुस्तकालयलाई

Devghat Online

शेयर गरौ

देवघाट / चैत ४

देवघाट गाउँ पालिकाका अध्यक्ष तिलबहादुुर थापाले आफ्नो तलब भत्ता वापतको रकम सार्वजनिक पुस्तकालयलाई उपलब्ध गराएका छन् ।

अध्यक्ष थापाले शनिबार आफ्नो तलबको रकम ३५,६४० रुपैयाँ देवघाट गाउँ पालिका-५ मा रहेको देवघाट सामुदायिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेललाई हस्तान्तरण गरे ।

पुस्तकालयको भवन जिर्ण भएपछि नयाँ भवन निर्माण गर्न लागिएको छ । गाउँ पालिका अध्यक्ष थापाले पुस्तकालयको भवन निर्माणमा सहयोग गर्न देवघाटबासीलाई अनुरोध गरे । सो अवसरमा पुस्तकालयका अध्यक्ष पौडेलले रकम हस्तान्तरण प्रति गाउँ पालिकाका अध्यक्ष थापालाई धन्यवाद दिदै अन्य व्यक्ति तथा संघ संस्थालाई पनि भवन निर्माणको लागि सहयोग गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले