तनहुँ, चितवन र बारामा एकैदिन उपनिर्वाचन गर्ने आयोगको तयारी

Devghat Online

शेयर गरौ

तनहुँ, चैत ५
निर्वाचन आयोगले प्रतिनिधिसभाका रिक्त तीन स्थानमा बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै आयोगले रिक्त थप दुवै स्थानमा बैशाख १० गते नै उपनिर्वाचन गर्ने भएको हो ।
यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधि बिहीन भएको छ । यस्तै शुक्रबार उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ ।
आयोगले तनहुँ १, बारा २ र चितवन २ मा एकैदिन उपनिर्वाचन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ ।
त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्री समेत खरिद गर्नु नपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी