देवघाट अनलाईन
दुर्गानीधि कौडाल, काठमाडौं, चैत ११
सर्लाही जिल्ला बर्थोवा नपा–१ हजारिया, एकादशी टोल घर भई हाल टोखा नपा, काठमाडौं बस्दै आएका विकास लामा भनेर चिनिने चित्र बहादुर पाख्रिनले विगत दुई वर्ष यताबाट भुतखेल चौरमा निशुल्क रुपमा जुम्बा प्रशिक्षण सन्चालन गर्दै आएका छन् ।

शारीरिक र मानसिक रुपमा मानिसलाई स्वस्थ बनाउने उद्देश्यले उनले निशुल्क रुपमा फिजिकल एक्सरसाईज, फुलबडी एक्सरसाईज, बेसिक डान्स तथा फिजिकल फिटनेश प्रशिक्षण गराउँदै आएका छन् । उनको प्रशिक्षण स्थलमा जाडोको समयमा ७०÷८० तथा गर्मिको समयमा एक सय भन्दा बढिले निशुल्क रुपमा जुम्बा प्रशिक्षण लिदै आएका छन् । जुम्बा प्रशिक्षण विहान ६ बजे नै सुरु हुन्छ ।



जिम बडी स्लाईडरमा यस अघि १० वर्ष काम गरिसकेका लामा कँही कतैबाट सहयोग मिलेमा निकट भविष्यमा आधिकारिक रुपमा नै प्रशिक्षण केन्द्र सन्चालनमा ल्याउने तयारीमा रहेको बताए । साथै केही सहयोग प्राप्त भएमा फ्रि जुम्बा भुतखेल नामको टिर्सट छपाई गर्ने तयारीमा रहेको उनले बताए ।

विगतमा पेन्टिङको काम गर्ने लामा सहायक नृत्य निर्देशकको भुमिका समेत निर्वाह गरिसकेका छन् । आफुलाई सांगितिक क्षेत्रमा पनि निकै रुची भएको उनी बताउँछन् ।
यसैविच जुम्बा प्रशिक्षक लामाको शुक्रबार जन्मदिनको अवसरमा उनका प्रशिक्षार्थीहरुले जुम्बा प्रशिक्षण स्थलमा शुभकामना दिएका थिए ।












