देवघाटमा एमालेको बृहत चुनावी सभा सम्पन्न, उपचुनावमा एमालेले तिनवटै क्षेत्र जित्छः उपमहासचिव गुरुङ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, बैशाख ४

नेकपा एमालेले सोमबार देवघाट गाउँपालिकामा गाउँपालिका स्तरीय बृहत चुनावी सभाको आयोजना गरेको छ । सो चुनावी सभामा देवघाट गाउँपालिकाका सयौं जनताको सहभागिता रहेको थियो ।

सो चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उपनिर्वाचन हुने तिनवटै क्षेत्रमा नेकपा एमालेका उम्मेदबारको जित निश्चित रहेको बताए । उनले एमाले जिततर्फ अग्रसर रहेको भन्दै तिन वटै क्षेत्रमा एमालेले क्लिन स्विप गर्ने दावी गरे ।

अवको लडाई भनेको राष्ट्रवादी शक्ति र राष्ट्रघातीहरुको विचमा हुने भएको हुँदा जनताले राष्ट्रवादीहरुलाई नै जिताउने गुरुङले दावी गरे । एमालेले राष्ट्रवादी शक्तिहरुको नेतृत्व गर्ने हुँदा उपनिर्वाचनमा एमालेको जित निश्चित रहेको गुरुङको भनाई थियो । यो उपनिर्वाचनले विशेषखाले सन्देश दिने हुँदा यसको विशेष महत्व रहेको गुरुङको भनाई थियो ।

नेकपा माओवादी र नेकपा एकिकृत समाजबादी नेपाली काँग्रेसको भातृसंगठन भईसकेको हुँदा अव उक्त पार्टीमा बस्ने राष्ट्रवादी सदस्यहरुले एमालेलाई सघाउनु पर्ने गुरुङको भनाई थियो । बिदेशी शक्तिले जोडजाड गरेर बनाईदिएको १० दलिय गठबन्धनको घैंटो उपनिर्वाचनसँगै फुट्ने उपमहासचिव गुरुङको भनाई थियो ।

सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सचिव एवं गन्डकी प्रदेश इन्चार्ज पदमा अर्यालले एमाले नै देश र जनताको एकमात्र पहरेदार शक्ति भएको हुँदा एमालेको जित अनिवार्य आवश्यकता रहेको बताईन् । एमालेलाई कमजोर नपारेसम्म नेपालमा हस्तक्षेप गर्न सकिँदैन भन्ने बुझेर नै बिदेशी शक्तिहरुले एमालेको विरुद्ध विभिन्नखाले गठबन्धन बनाउनु परेको अर्यालको भनाई थियो । भारतले मिचेको नेपालको सिमाना एमालेले नक्सामा ल्याईसकेको भन्दै अर्यालले अव एमालेले सरकार बनाउने मौका पायो भने गुमेको भुमी पनि फिर्ता ल्याउने दावी गरिन् ।

एमालेको नेतृत्वमा सरकार हुँदा दासढुङ्गाबाट मुक्तिनाथ जोड्ने शालिग्राम करिडोरमा पर्याप्त बजेट बिनियोजन भएको, देवघाटमा १५ सैयाको अस्पताल बनेको र देवघाटका भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रिया पनि सुरु गरेको भन्दै अर्यालले ति सबै अधुरा काम पुरा गर्न अव तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाललाई बिजयी गराउनु पर्ने अर्यालले बताईन् ।

सो कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले सम्पुर्ण युवाहरुको ढुकढुकी सर्वेन्द्र खनाललाई बिजयी गराउनु पर्ने बताए । बस्नेतले देशमा माओवादीको ज्यादती बढेको अवस्थामा प्रहरीको नेतृत्वमा रहँदा सर्वेन्द्र खनालले शान्ति सुरक्षालाई सुदृढ गराई जनताको जिउ धनको सुरक्षा गरेको स्मरण गर्दै अव तनहुँ क्षेत्र नम्बर १ को बिकासको नेतृत्व पनि सर्वेन्द्रले नै गर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटुव्युरो सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज टुकराज सिग्देलले देवघाट गाउँपालिकाको कतिपय क्षेत्र अझै पनि कर्णाली प्रदेशकै जस्तो पिछडिएको हुँदा अव उक्त क्षेत्रलाई विकासको मुलधारमा ल्याउन एमालेका उम्मेदबार सर्वेन्द्र खनालले जित्नु पर्ने बताए ।

नेकपा एमाले देवघाट गाउँपालिकाका कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा एमाले केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र भगवती न्यौपाने, एमाले तनहुँ जिल्ला कमिटिका सदस्य शिवराज पौडेल लगायतले पनि एमालेको सुर्य चिन्हमा मतदान गरेर सर्वेन्द्र खनाललाई बिजयी गराई विकास र समृद्धीको अभियान सुरु गर्नु पर्ने बताए ।

सो कार्यक्रममा गायिका पुर्णकला विसी लगायतले गित संगित मार्फत एमालेलाई बिजयी गराउन अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य