सर्वेन्द्र खनाल नेपाली राजनीतिको नयाँ ‘सिंघम’

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

नेकपा एमालेका पोलिट्व्युरो सदस्य महेश बस्नेतले नेपाल प्रहरीका पुर्व आईजिपी सर्वेन्द्र खनाललाई नेपाली राजनीतिको नयाँ ‘सिंघम’ को नाम दिएका छन् । भारतीय चलचित्र हेर्ने दर्शकहरुलाई ‘सिंघम’ पात्रको परिचय दिनु आवश्यक छैन । तर पनि जसले भारतीय र दक्षिण भारतीय चलचित्र हेर्दैनन् उनीहरुकोलागि ‘सिंघम’ नयाँ पात्र र परिचय हुन सक्छ । बलिउड र दक्षिण भारतीय (साउथ) को ‘सिंघम’ नामको फिल्ममा सिंघमको पात्रको नाममा एक प्रहरी अधिकृत हुन्छ, उसले फिल्ममा राजनीतिको नाममा हुने गुण्डागर्दी, धर्मको नाममा हुने गुन्डागर्दी र टोले गुन्डाहरुको हप्ता असुली र तस्कहरुको ‘सफाया गरि’ प्रहरी प्रशासन र राजनीतिको समेत शुद्धिकरण गर्छ ।

३ दशक नेपाल प्रहरीमा कार्यरत रहँदा खनालले यस्तै विभिन्न नाममा हुने गुन्डागर्दीलाई नियन्त्रणगरि गुन्डाहरुको सफाया समेत गरे । तराई क्षेत्रमा विभिन्न राजनीतिक दलको नाममा हुने गरेको आतंकवादी क्रियाकलाप, संगठित गुण्डागर्दी र तस्कर तथा बोक्सी र दाईजो प्रथा तथा अनि नेपालको राजधानी काठमाडौंमा हुर्कदै गरेको संगठित अपराध र गुन्डागर्दीको खनालले समुल नष्ट गरे ।

खनाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग तथा काठमाण्डौं भ्यालीको प्रमुख हुँदा खेल क्षेत्रमा हुने म्याच फिक्सिङ, मानव बेचविखन, घरेलु हिंसा, अपहरण, हप्ता असुली विद्युत चुहावटको घटनालाई नियन्त्रण गर्न उनको विशेष योगदान छ । त्यसमध्ये सबैभन्दा बढि चर्चा फुटवलमा हुने गरेको म्याच फिक्सिङ र विद्युत महशुल चुहावट नियन्त्रणको घटनालाई लिने गरिएको छ ।

नेपाली फुटवल क्षेत्रले लामो समयदेखी सबै जसो अन्तराष्ट्रिय प्रतियोगिताहरुमा हार बेहोरिरहेको थियो । फुटवलमा भएको लगातारको हारको कारण खोज्न सर्वेन्द्र गम्भिर भएर लागे । त्यस समय उनी अपराध अनुसन्धान विभागको प्रमुख थिए । उनले केही महिना यता नेपाली टिम सहभागी भएको अन्तराष्ट्रिय प्रतियोगिताको भिडियो संकलन गरेर सुक्ष्म अनुसन्धान गरे । भिडियो अनुसन्धानबाट खनालले के पत्ता लगाए भने नेपाली खेलाडीहरुले म्याच फिक्सिङ (खेल मिलेमतो) गरिरहेका छन् । केही खेलाडीहरुले बिदेशी टिमबाट पैसा लिएर आफ्नै देशको पोष्टमा गोल हान्ने वा विपक्षीले गोल हान्ने क्रममा रक्षा पत्तिंm फितलो बनाउने जस्तो गम्भिर अपराध गरेको खनालले लामो अनुसन्धानबाट पत्ता लगाए ।

तर त्यसबेला नेपालमा म्याच फिक्सिङ गर्नेहरुलाई कारवाही गर्ने कानुन थिएन । कानुन नहुँदा उनीहरुलाई पक्राउ गरेर कारवाही गर्न सकिने अवस्था थिएन । त्यसबेलाको घटना सम्झदै खनाल भन्छन् ‘म्याच फिक्सिङ जस्तो देश विरुद्ध अपराध गर्ने खेलाडीहरुलाई कारवाही गर्ने कानुन थिएन, तर मैले उनीहरुलाई पक्राउ गरेँ ।’ अनुसन्धानको क्रममा संकाश्पद खेलाडीहरुको बैंक खाता समेतको अनुसन्धान गरिएको खनालले बताए । सो अनुसन्धानमा ति खेलाडीहरुको बैंक खातामा अस्वभाविक रुपमा रुपैयाँ जम्मा भईरहेको थियो । देशमा नाम चलेका चर्चित खेलाडीहरु म्याच फिक्सिङको आरोपमा पक्राउ परेपछि देशभर सर्वेन्द्र खनालको निकै प्रसंसा भएको थियो । सबैजसो सन्चार माध्यमले सर्वेन्द्र खनालको प्रसंसा गर्दै सम्पादकीय पनि लेखेका थिए ।

उक्त घटना पछि नेपाली राष्ट्रिय फुटवल टिममा नयाँ युवा खेलाडीहरुको प्रवेश भयो । त्यसपछिका अधिकांश अन्तराष्ट्रिय प्रतियोगिता नेपाली टिमले जितेर इतिहाँस पनि रचेको थियो । तर पक्राउ परेका खेलाडीहरुलाई मुद्धा चलाउने कानुन नहुँदा केही महिना पछि सर्वाेच्च अदालतले उनीहरुलाई रिहा ग¥यो र सँगसँगै म्याच फिक्सिङ सम्बन्धि कानुन बनाउन सरकारको नाममा आदेश पनि दियो । सोही आदेशको कारण संसदले म्याच फिक्सिङलाई गम्भिर अपराधको रुपमा उल्लेख गरि त्यस सम्बन्धी नयाँ कानुन निर्माण ग¥यो । हालसालै सोही कानुनमा टेकेर क्रिकेटमा हुने गरेको म्याच फिक्सिङमा संलग्नहरुलाई पक्राउ गरि मुद्धा चलाईएको छ ।

त्यस्तै विद्युत चुहावट सम्बन्धि घटनामा पनि सर्वेन्द्रको महत्वपुर्ण निर्णयले देशको बार्षिक अर्वाै रुपैयाँ विद्युत राजश्व जोगिएको छ । नेपाल विद्युत प्राधिकरणका केही बरिष्ठ कर्मचारीहरुको संलग्नता र सेटिङमा मासिक लाखौं रुपैयाँ राजश्व उठ्ने केही उद्योगहरुको विद्युत मिटरलाई उल्टो घुमाउने सिस्टम राखी मासिक केही हजार विद्युत महसुल संकलन हुँदै आएको घटनाको जालो तोड्न सर्वेन्द्रकै विशेष योगदान छ ।
खनाल अपराध अनुसन्धान महाशाखाको प्रमुख हुँदा देशभर चर्काे लोडसेडिङ थियो । करिब १८ घन्टा लोडसेडिङ हुँदै आएको समयमा केही ठुला उद्योगहरुमा भने राजश्व छलिका गम्भिर अपराध हुने गरेका थिए ।

धेरै विद्युत खपत गर्ने केही ठुला उद्योगहरुले मासिक केही हजार मात्र विद्युत महशुल तिर्दै आएका थिए । तर यस्तो किन भईरहेको छ भन्ने विषयमा शंका लागेर खनालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गोप्य छलफल गरि यसबारेमा गोप्यरुपमा अनुसन्धान गर्ने निर्णय गरे । नभन्दै खनालले शंका गरे झै नेपाल विद्युत प्राधिकरणका केही बरिष्ठ कर्मचारीहरुको संलग्नता र सेटिङमा विद्युत मिटर उल्टो घुम्ने प्रणाली जडान गरिएको पत्ता लगाएर प्रमाण सहित पक्राउ गरि ठगी मुद्धा चलाईएको खनालले बताए । तत्कालिन एसएसपी खनालको उक्त कार्यको पनि देशभर प्रसंसा भएको थियो । विद्युत महशुस अपचलनको ठुलो जालो तोड्न खनाल सफल भएपछि विद्युतको राजश्व पनि ह्वात्तै बढ्यो त्यसपछि क्रमशः देशलाई लोडसेडिङ मुक्त बनाउन सफल भयो ।

खनालकै कमान्डमा काठमाडौं उपत्यकामा आतंक सिर्जना गर्दै आएका कुमार घैंटे नामका व्यक्तिको इन्काउन्टर भएको थियो । उक्त घटनापछि काठमाडौंमा संगठित गुन्डागर्दी र अपराध अन्त्य भएको थियो । खनालको यस्तै सहासिक निर्णयको कारण एमाले नेता बस्नेतले उनलाई नेपाली राजनीतिको ‘सिंघम’ भनेका हुनसक्छन् ।

नेपाल प्रहरीका उनै ‘सिंघम’ सर्वेन्द्र खनाल अहिले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदबार बनेका छन् । स्वयं खनालले पनि आफु प्रहरीमा रहँदा सबै समय भ्रष्टाचार, अपहरण, गुन्डागर्दी, तस्करी, गठी, मानव बेचविखन, घरेलु हिंसा र सबै खाले विकृती र बिसंगतीको अन्त्यको लागि काम गरेको र त्यसमा पनि सफल भएको हुँदा अव संसदमा पुगेर राजनीतिक क्षेत्रमा हुने भ्रष्टाचार, अराजकता र अनियमितताको अन्त्य गर्ने प्रयास गर्ने बताए । नेपाल प्रहरीमा ‘सिंघम’को नाम पाएका खनालले अव राजनीतिमा पनि त्यही ‘सिंघम’ शैली अनुसार नै काम गरेर राजनीतिलाई सुधार्ने आफ्नो प्रयास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय