तनहुँमा राती १२ बजेबाट मतगणना गर्ने तयारी

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

तनहुँ क्षेत्र नम्बर १ मा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु मतगणना स्थलमा ल्याईपु¥याएपछि मतगणना गर्ने तयारी गरिएको छ । सबै मतपेटिकाहरु ल्याईसकेपछि राती नै सर्वदलीय बैठक राखिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । राती १२ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।

बैठकको निर्णय अनुसार मतगणना हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राती नै मतगणना गर्ने गरि तयारी गरेको जनाएको छ । चितवन र बारामा पनि रातीबाट नै मतगणना हुने भएकोले तनहुँमा पनि राती १२ बजेपछि मतगणना गर्ने गरि तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देवघाटबाट मतपेटिका ल्याईदै

मतगणनाकोलागि जिल्ला समन्वय समितिको कार्यालयमा २ वटा कोठामा गणनास्थल तयार गरिएको छ । गणनास्थलमा सिसि क्यामेरा जडान र बलियो तारजाली बनाईएको सहायक निर्वाचन अधिकृत मिनबहादुर कुँवरले बताए ।

निर्वाचन आयोगले मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले विशेष निर्देशन दिएको छ । निर्वाचन आयोगले यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित