तनहुँमा राती १२ बजेबाट मतगणना गर्ने तयारी

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

तनहुँ क्षेत्र नम्बर १ मा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु मतगणना स्थलमा ल्याईपु¥याएपछि मतगणना गर्ने तयारी गरिएको छ । सबै मतपेटिकाहरु ल्याईसकेपछि राती नै सर्वदलीय बैठक राखिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । राती १२ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।

बैठकको निर्णय अनुसार मतगणना हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राती नै मतगणना गर्ने गरि तयारी गरेको जनाएको छ । चितवन र बारामा पनि रातीबाट नै मतगणना हुने भएकोले तनहुँमा पनि राती १२ बजेपछि मतगणना गर्ने गरि तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देवघाटबाट मतपेटिका ल्याईदै

मतगणनाकोलागि जिल्ला समन्वय समितिको कार्यालयमा २ वटा कोठामा गणनास्थल तयार गरिएको छ । गणनास्थलमा सिसि क्यामेरा जडान र बलियो तारजाली बनाईएको सहायक निर्वाचन अधिकृत मिनबहादुर कुँवरले बताए ।

निर्वाचन आयोगले मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले विशेष निर्देशन दिएको छ । निर्वाचन आयोगले यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले