दमौली, बैशाख ३० गते
ट्राफिक सप्ताहको छैठौं दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले शनिबार दमौलीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणकोलागि ट्राफिक सप्ताह भन्ने मुल नाराका साथ आयोजना गरिएको सो रक्तदान कार्यक्रम १९ जनाले रक्तदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए ।
नेपाल रेडक्रस सोसाईटी तनहुँको समन्वय र होटल व्यवसायी संघ तनहुँको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी काशिराम गैरे, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्ट, नेपाल रेडक्रस सोसाईटी तनहुँका मन्त्री सुर्यचन्द्र हडखले, होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गाविलास भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
सवारी दुर्घटना न्युनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाईरहेको छ ।