ट्राफिक सप्ताहको अवसरमा सवारी चालकको स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २९

ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले शुक्रबार दमौलीमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

सवारी चालक स्वस्थ भएमा मात्रै राम्रोसँग सवारी चलाउन सक्ने हुदा चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए । सो अवसरमा करिब ७० जना चालकको आँखा, रक्तचाप तथा मुटुको परिक्षण गरिएको थियो ।

सवारी दुर्घटना न्युनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाईरहेको छ । यसै अवसरमा भोलि शनिबार दमौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले