दमौली, बैशाख ३०
नेपाल निजामती कर्मचारी संगठन गन्डकी प्रदेश कार्य समितिको आयोजनामा बन्दिपुरमा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो । नेपाल निजामती कर्मचारी संगठन गन्डकी प्रदेश कार्य समितिका अध्यक्ष अशोक खनालको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षणको संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले उद्घाटन गरेका थिए ।




सो प्रशिक्षणको शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्य ढकाल, नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, नेपाल निजामती कर्मचारी संगठनका महासचिव जिवन काफ्ले, सचिव विष्णु अधिकारी, केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश इन्चार्ज घनश्याम कोईराला, नेकपा एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य राममणी ढुंगाना, केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

२ दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा ट्रेड युनियन, मानवअधिकार र सामुहिक सौदाबाजी विषयमा पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, जनताको बहुदलीय जनवाद सम्बन्धमा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, निजामती कर्मचारी संगठनको वर्तमान समसामयीक गतिविधि र आगामी कार्यदिशाको बारेमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, राष्ट्रसेवक सहकारीको विकासक्रम र संगठनसँगको अन्तरसम्बन्ध विषयमा संगठनका महासचिव जिवन काफ्लेले प्रशिक्षण दिएका थिए ।

त्यसैगरि संघ, प्रदेश र स्थानीय तहविचको अन्तरसम्बन्धको विषयमा संगठनका गन्डकी प्रदेश कमिटिका उपाध्यक्ष तथा कानुन, नीति तथा प्रशिक्षण विभागका प्रमुख डोलराज पराजुली, सकारात्मक सोच र तनाव व्यवस्थापन विषयमा डा. विनोद पौडेल, राजनीति र प्रशासन: सम्बन्ध र सिमा विषयमा संगठनका पुर्व सचिव विनोद बहादुर कुँवर तथा बैठक व्यवस्थापन तथा माईन्युट लेखन सम्बन्धमा संगठनका गन्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटा लगायतले प्रशिक्षण दिएको संगठनका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज विजयकुमार श्रेष्ठले जानकारी दिए ।















