देवघाट खानेपानी योजनामा लापरवाही, अनुगमन गर्ने व्यक्ति नै उपभोक्ता समितिको अध्यक्ष

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ३०

देवघाट खानेपानी योजनामा लापरवाही भएको पाईएको छ । देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा सन्चालित खानेपानी योजनामा पानी सप्लाईको क्रममा लापरवाही भएको पाईएको हो । देवघाट–५ को क्वादी खोलाको मुहानबाट पानी ट्यांकीसम्म ल्याउने क्रममा आधासम्म जिआई पाईप र आधार पोलिथिनको पाईप प्रयोग गरिएको छ ।

जिआई पाईप र पोलिथिनको पाईपलाई साईकलको ट्युवले बाँधेर काम चलाउ गरिएको छ । उक्त कार्यलाई उपभोक्ताहरुले चरम लापरवाही मानेका छन् । झारा टार्ने प्रकारले पानीको सप्लाई गरिएको उपभोक्ता बलबहादुर क्षेत्रीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक समेत रहेका क्षेत्रीले यसलाई संस्थागत भ्रष्टाचार भएको आरोप लगाएका छन् । झारा टार्ने प्रकारले पानी सप्लाई गरिँदा उक्त पाईपबाट अहिले पानी आएको छैन ।

उक्त खानेपानी उपभोक्ता समितिको अध्यक्ष भुवन सिं गुरुङ देवघाट गाउँपालिकाको उपाध्यक्ष समेत हुन् । कानुन अनुसार उपाध्यक्ष गाउँपालिका भित्र सन्चालित विकास आयोजनाको अनुगमन समितिको संयोजक हुन्छन् । तर देवघाटमा अनुगमन स्थानीय सरकारको संयोजक आफै उपभोक्ता समितिको संयोजक भएर संस्थागत भ्रष्टाचार गरिएको आरोप उपभोक्ताहरुले लगाएका छन् । उपाध्यक्ष नै उपभोक्ता समितिको अध्यक्ष भएर सन्चालन गरेको योजनाको गाउँपालिकाले कस्तो अनुगमन गर्छ भन्नेमा उपभोक्ताहरु संशकित छन् ।

अर्का उपभोक्ता शान श्रेष्ठले जनप्रतिनिधि आफै उपभोक्ता समितिको अध्यक्ष अनि आफै अनुगमनको संयोजक भएको भन्दै यस्तो काम गर्न कुन नैतिकताले दिएको हो भन्ने प्रश्न गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिलाई कुनै पनि उपभोक्ता समितिमा बस्न कानुनले नदिने भन्दै राष्ट्रिय युवा संघका नेता समेत रहेका श्रेष्ठले अनुगमन समितिको संयोजक हुने व्यक्ति नै उपभोक्ता समितिको संयोजक भएपछि कस्तो निश्पक्ष अनुमगन हुन्छ भन्दै श्रेष्ठले उपाध्यक्ष गुरुङले तुरुन्त उपभोक्ता समितिको अध्यक्षबाट राजिनामा दिएर निश्पक्ष अनुगमन गर्नु पर्ने बताए ।

देवघाट–५ का समाजसेवी तथा नेपाली काँग्रेसका नेता अर्जुन अधिकारीले हरेक क्रियाकलापहरु पारदर्शी र जवाफदेही बन्नु पर्ने बताए । यस विषयमा गाउँपालिकाका उपाध्यक्ष गुरुङको प्रष्टिकरण आउनु पर्ने अधिकारीले बताए ।

यता उपभोक्ता समितिका अध्यक्ष समेत रहेका देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले योजना सम्पन्न भईसकेपछि पहिला पानी सन्चालन गर्नु पर्ने भन्ने मनसायले पाईपको सप्लाईमा जिआई र पोलिथिनको पाईप प्रयोग गरिएको बताए । उक्त योजना डिभिजन खानेपानी कार्यालय तनहुँबाट सन्चालन भएको हुँदा यस कार्यमा उपभोक्ता समितिको कुनै हात नहुने उनले बताए । सबै इस्टमेट र काम डिभिजन खानेपानी कार्यालयले गर्ने हुँदा आफुहरु स्वयंसेवी समन्वयकर्ता मात्र भएको उनले बताए । उनले अव प्लेनसेट राखेर पुनः पानी सुचारु गर्ने बताए ।

उपभोक्ता समितिका अध्यक्ष समेत रहेका देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ

 आफु गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भन्दा पहिले नै उपभोक्ता समितिको अध्यक्ष भएको हुँदा अव चाँडै नै अधिवेशन गरेर जिम्मेबारी हस्तान्तरण गर्ने गुरुङले बताए । उनले मुहान तथा उपभोक्ता समिति दर्ता गर्नु पर्ने लगायतको कामहरु बाँकी रहेको कारण समयमै अध्यक्षको जिम्मेबारी छोड्न नकसेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न