प्रहरीको तनाव व्यवस्थापनको लागि ‘ह्याप्पी आवर’ कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३०

जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी कर्मचारीहरुको तनाव व्यवस्थापनकोलागि शनिबार कार्यालय परिसरमा ‘ह्याप्पी आवर’ कार्यक्रम सन्चालन गरेको छ ।

चौबिसै घण्टा शान्ति सुरक्षार्थ ड्युटिमा खटिने प्रहरी कर्मचारीहरुको तनाव व्यवस्थापन, आपसि सद्भाव एंवम भातृत्वको विकास साथै कर्मचारीहरुमा अन्तर्निहित प्रतिभाको प्रष्फुटन गरी कार्य वातावरणमा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त कार्यक्रममा प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री तथा प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रहरी कर्मचारीहरुले आ–आफ्ना कला, सिर्जना र क्षमताहरुलाई गित, नृत्य, गजल, मुक्तक, चुट्किला, चित्रकला एंवम वत्तृत्वकला आदिका माध्यमबाट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त