मन्त्री आलेलाई तनहुँ कांग्रेसद्वारा बधाई

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३०

नेपाली कांग्रेस तनहुँले गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बनेका पार्टी सभापति जीतप्रकाश आलेलाई गरेको बधाई तथा सम्मान गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यमा नेपाली काँग्रेस तनहुँले मन्त्री आलेलाई सम्मान गरेको हो । सो अवसरमा भण्डारीले अनुशासन हिनताले पार्टी कमजोर भएकोले सुधार गर्नु पर्ने बताए । अनुशासनको दायमा नबस्ने, मनलाग्दी बोल्ने जति नै हण्डर खाएपनि नसच्निने, सच्चिन नचाहने, नसुध्रिने र सुध्रिन नचाहने प्रवृतिले गर्दा पार्टी कमजोर भएको भण्डारीले बताए ।

बारम्बार गलत चिन्तनबाट ग्रसित हुनु र अनुशासन हिनताले ग्रसित भएकोले वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित हुनु परेको उनको भनाई थियो । कपोकल्पित ढङ्गले टिका टिप्टपी गर्ने, हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकोमा नेता भण्डारीले चिन्ता व्यक्त गरे । नेता भण्डारीले देश आर्थिक दृष्टिले अहसज, अन्योल गंभिर राजनीतिक घटनाक्रमले गुज्रिएको बताए ।

कार्यक्रममा नवनियुक्त मन्त्री आलेले आफुले पाएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक योग्यता र क्षमतालाई लगाएर काम गर्ने बताए । पदमा रहुञ्जेल देश र जनताको हित काम गर्ने उनको भनाई थियो । जीवनभर पार्टीको लागि जे काम गरें त्यो भन्दा ठुलो स्थानमा पार्टीले पु¥याएको आलेले बताए । आर्थिक मन्दी, स्वदेशमा रोजगारीको अभाव अहिले मूख्य समस्या भएकोले त्यसलाई समाधान गर्न पहिलो प्राथमिकता दिने मन्त्री आलेको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, उपसभापतिद्वय राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल लगायतले खारिएको अनुभवी नेताले अवसर पाएकोले विकास निर्माणले गति लिने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न

गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रमद्वारा गुरुनिर्वाण महोत्सव आयोजना

देवघाट, साउन ६ गुरुपुर्णिमाको अवसरमा देवघाटमा रहेको महेश सन्यास आश्रमले ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा.