तनहुँका कृषकहरुको सुझावः बाँदर नियन्त्रण गर्ने कार्यक्रम चाहियो

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३०

तनहुँका कृषकहरुले बाँदर तथा अन्य जंगली जनावर नियन्त्रण गर्ने कार्यक्रम सन्चलान गर्न सरोकारवाल निकायसँग माग गरेका छन् । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा कृषक समूह÷सहकारीका प्रतिनिधि तथा सदस्यहरुसँग कृषि कार्यक्रमका बारेमा गरेको छलफलमा बाँदर तथा जंगली जनावरहरु नियन्त्रण गर्ने कार्यक्रम ल्याउन कृषकहरुले माग गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

बाँदर तथा जंगली जनावरले अन्नबाली तथा फलफुल नष्ट गरेको हुँदा ति जनावरहरुलाई नियन्त्रण गर्नु पर्ने मुख्य सुझाव आएको तिवारीले बताए । त्यसबाहेक कृषि उत्पादनको बजारको ग्यारेण्टी गर्न तथा विक्री वितरणमा सरकारले सहजीकरण गर्नु पर्ने माग पनि कृषकहरुले गरेको तिवारीले बताए । त्यस्तै सुरुको अनुदान भन्दा प्रतिफलमा आधारित अनुदान दिईनु पर्ने तथा सहुलियत रुपमा कृषि ऋणमा सहजता हुनु पर्ने तथा कार्यालयले सूचना प्रकाशन र निवेदन माग गर्नु भन्दा पनि गाउँघर वा खेतवारीमा नै सेवा प्रदान गर्नु पर्ने कृषकहरुको माग छ ।

त्यस्तै गाउँघरमा नियामित दक्ष प्राविधिक सेवा हुनुपर्ने, हाट बजार स्थापना र सन्चालनमा सहयोग गर्नु पर्ने, जग्गा बाँझो राखेको भए स्थानीय पालिका वा वडाले जमिन नभएकालाई करारमा प्रयोग गर्न दिनु पर्ने, कृषि उपज खरिद गर्ने व्यापारीसँग त्रिपक्षिय सम्झौताको व्यवस्था गर्ने कार्यक्रम ल्याउनु पर्ने, साना सिंचाई र हाटबजारको संरचना सरकारले नै बनाई दिनुपर्ने तथा कृषि सेनाको अवधारणा ल्याउनु पर्ने, ठुला फार्महरुलाई चालु खर्चमा सहयो गर्नु पर्ने तथा बिउ, मल र सिंचाईको उचित व्यवस्था गर्नु पर्ने माग कृषकहरुले गरेको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर