म्याग्देका कृषकलाई निशुल्क माछाको भुरा वितरण

Devghat Online

शेयर गरौ

दमौली, जेठ २

म्याग्दे गाँउपालिकाले कृषकलाई निशुल्क माछाको भुरा वितरण गरेको छ । गाउँ पाालिकाको पशु सेवा शाखाको आ.व २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकको माग संकलन गरि माछाको भुरा वितरण गरिएको हो ।

माछाको भुरा वितरण गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई आत्मनिर्भर वनाउन माछापालन सहयोगी हुने बताए । गाउँ पालिका भित्रका कृषकलाई आय आर्जनमा वृद्धि गर्न, आर्थिक रुपमा सवल र सक्षम वनाउनका लागी व्यवासायिक खेती र कृषिमा जोड दिईएको हुदाँ पालिकाको कदममा सहयोग गर्न अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।

सो कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले कृषकलाई आत्मानिर्भर वनाउनका लागी पालिकाद्वारा वितरण गरिएको अनुदानको सहि सदुपयोग हुनुपर्ने बताए । अनुदानमा वितरण गरिएको माछाभुराको उचित संरक्षण गरेर यसवाट मनग्गे आम्दानी हुने हुदाँ यसको सदुपयोगमा ध्यान दिनुपर्ने घिमिरेले बताए ।

सो अवसरमा ओमवहादुर आले, कृष्ण थापा, विजु आले, देविका थापा, प्रेमलता शाही, शेर वहादुर गुरुङ्ग, ताल वहादुर आले, मदिमाया राना,ओम राज गोतामे, जगतवहादुर थापा, फविसरा थापा, सोमकुमार श्रेष्ठ, टोपप्रसाद थापा, भिमकुमारी राना, सनिमाया थापा, देववहादुर विश्वकर्मा, अच्युत राज काफले, धुव्र वाग्ले, वलिसरा राना, दुर्गा माया घर्ति, भक्तवहादुर गुरुङ्ग र हिमनारायण कायस्थलाई माछाको भुरा वितरण गरिएको थियो । कुल २१ जना कृषकलाई ६० हजार भुरा वितरण गरिएको गाउँ पालिकाका पशु विकास शाखाका प्रमुख डा.विनय शाहले जानकारी दिए ।

सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ पशु शाखाका प्रमुख डा. विनय शाह लगायतले यसको महत्व र उद्येश्यका वारेमा प्रकाश पारेका थिए । उक्त माछाको भुरा नेपाल कृषि अनुसन्धान केन्द्र वेगनास पोखरावाट खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको