बलात्कार मुद्धाका फरार आरोपी २० वर्ष पछि पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३

बलात्कार मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका ब्यास नपा–२ का ४८ बर्षिय बिनोद शाक्य २० वर्षपछि पक्राउ परेका छन् ।

२०६० सालमा सोही ठाउँकी एक महिलालाई बलात्कार गरेको अभियोगमा शाक्यलाई तनहुँ जिल्ला अदालतले २०६० असोज २८ गते दोषी ठहर गर्दै पाँच बर्ष कैद फैसला गरेको थियो ।
शाक्य विरुद्ध मुद्धा दर्ता भएपछि फरार रहेकै अवस्था अदालतले उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैदको फैसला गरेको थियो ।

उनको खोजी गर्ने क्रममा बुधबार आफ्नै घरमा फेला पारी पक्राउ गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

शाक्यलाई बुधबार नै तनहुँ जिल्ला अदालतमा उपस्थित गराई कानून बमोजिम तोकिएको पाँच बर्ष कैद भुक्तानको लागि तनहुँ कारागार कार्यालय पठाईएको डिएसपी खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू